‘प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता’ सुरु वडा नम्बर २ को विजयी सुरुवात

  • बुटवल फागुन । बुटवलमा प्रथम वडा स्तरीय मेयर कप नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा आदर्श युवा क्लव बुटवल–१५ सेमलारको आयोजनामा मा प्रतियोगीता सुरुवात भएको हो । रतनपुरको मुक्तिधाम फुटवल खेलमैदानमा प्रतियोगीता सुरुवात भएको हो । प्रतियोगीताको बुटवल उपमहारपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । उनले खेलकुदको माध्यममबाट खेल र खेलाडीहरुको चौतर्फी विकासमा नगरपालिका लागिपरेको बताए । उनले सबैको सहकार्यमा बुटवलमा खेलकुदको हव बनाउनको लागि काम जारी रहेको समेत बताए ।


    खेलकुद शुभारम्भ कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले बोल्दै खेलकुदको विकासको लागि पालिकाले सबै संग सहकार्य गरेर अगाडी बढेको बताएका थिए । क्लवका अध्यक्ष मनिष काफलेले प्रतियोगीता आयोजन ागर्नको लािग सहयोग गर्ने सबै निकायलाई धन्यावाद समेत दिए ।
    वडा नं १५ स्थित सृजना युवा क्लबको संरक्षणमा रहेको नया मैदानलाई प्रचारप्रसार र प्रवद्र्धन गर्ने गरि खेल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता आयोजना गर्न बुटवल उपमहानगरपालिकाबाट ४ लाख रुपैया सहयोग भएको उनले बताए ।
    प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक राजेन्द्र बुढाथोकीले बताए ।
    यसैगरि उपविजेता टिमलाई नगद ५१ हजार १ सय ११ रुपैया कप, मेडल, प्रमाणपत्र तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कृत गरिने उनले बताए । टिम निशुल्क दर्ताको ब्यवस्था गरिएको प्रतियोगितामा १९ वटा वडा सहभागी हुने उनले बताए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगितामा करीब ६ लाख खर्च हुने आयोजकको अनुमान छ । पहिलो दिनको उद्घाटन खेल खेल वडा नम्बर २ र वडा नम्बर १६ का विचमा भएको छ । उद्घाटन खेल वडा नम्बर २ ले जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको छ । निर्धारित समयमा गोल नभएपछि ट्राईबेकरमा खेल पुगेको थियो । जसमा ३ का विरुद्ध ४ गोल गर्दै वडा नम्बर २ ले सहज जित निकालेको हो ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation