आस्थममा १७ औं ब्याचका विद्यार्थीलाई स्वागत

  • बुटवल,२६फागुन।बुटवलकै पुरानो एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलको आयोजनामा १५ औ ब्याचका विद्यार्थीहरुको विदाई तथा १७ ब्याचका विद्यार्थीहरुलाई स्वागत गरिएको छ । विद्यार्थीहरुको स्वागत तथा विदाई कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका उप–प्रमुख सावित्रादेवी अर्यालले डिप्लोमा लेभलको होटल म्यानेजमेन्ट कोर्ष पुरा गरेपछि विदेश जानु भन्दा स्वदेशमै व्यवसायी बन्न वा रोजगार गर्न सुझाव दिइन् । स्वदेशमै हस्पिटालिटी क्षेत्रमा ठुलो संभावना रहेकाले यहीं बसेर धेरै काम गर्न सकिने र यसमा बुटवल उपमहानरपालिकाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
    कार्यक्रममा आस्थम बुटवलका प्रबन्धक निर्देशक जि.एस. गुरुङ्गले बोल्दै होटल व्यवस्थापनको तालिम आफैमा सीपमूलक र व्यवहारिक तालिम भएकाले कोही पनि बेरोजगार हुन नपर्ने बताए ।
    आस्थम बुटवलको पहिलो दर्ता भएको होटल म्यानेजमेन्ट अध्यापन गराउने शैक्षिक संस्था भएको जानकारी दिंदै गुरुङले हालसम्म १० हजार भन्दा बढी विद्यार्थीले विभिन्न अवधिका तालिम पुरा गरेको बताए । २०६० सालमा स्थापना भएको आस्थमले १५ महिने र ६ महिने गरी एड्भान्स लेवलको होटल म्यानेजमेन्टको तालिम ८ सय जनालाई प्रदान गरेको उनले जानकारी दिए । कार्यक्रममा संस्थाका कोअर्डिनेटर मिलन राना,प्रशिक्षकहरु खुमबहादुर पालुङ्गे, सुरज पौडेल,अमर आचार्य, विद्यार्थीहरु सिर्जन सुनार,प्रज्जवल गुरुङ, अयुश राना, सुस्मिता थापा लगायतले बोल्दै उत्कृष्ट व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणका कारण आस्थम लुम्बिनी प्रदेशकै उत्कृष्ट होटेल म्यानेजमेन्ट तालिम केन्द्र बनेको बताए । कार्यक्रममा विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गर्दै रमाउंदै सहभागीलाई मनोरन्जन दिलाएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation