
मर्चवार ,२३ फागुन । इस्लाम धर्मालम्बीहरूको मुख्यपर्व रमजान (रोजा) अन्तर्गत नेपाली मुस्लिम समुदायले रमजानको पहिलो शुक्रबार आज मस्जिदमा भेला भएर नमाज पढेका छन् । काठमाडौं लगायत देशभरिका मस्जिदमा भेला भएर उनीहरूले नमाज पढेका हुन् ।
एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमान समुदायले अरबी क्यालेण्डर अनुसार मिति २०८१ फागुन १८आइतबार बिहान ५ बजेर ७ मिनेट देखि बेलुका ६ बजेर १८ मिनेट सम्म निराहार नै रोजा बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ । रोजाको समय दैनिक फर्ज नमाज देखि मगरिब नमाज पढ्ने गरछन्। र साँझ ८ बाजे तराबी नमाज पढने संगै मुस्लिम ग्रन्थ कुरानको पनि तेलावत गर्छन् ।