आँबुखैरनी गाँउपालीकामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • फागुन २१ तनँहु । सामाजिक सुरक्षा कोष योजना सम्बन्धी सरोकारवालाहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
    पालिका अध्यक्ष शुक्र चुमान को अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद शर्मा, पालिकाका सामुदायिक र निजी शैक्षिक संस्थाका प्रमुख र प्र.अ., होटल व्यवसायी, पालिका मातहतका कार्यालयहरुमा कार्यरत करारका कर्मचारीहरु सहित सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
    कार्यक्रममा सामाजिक सुरक्षा कोष सहायक निर्देशक राधिका नीरौलाले सामाजिक सुरक्षा कोषबारे कानूनी आधारहरु र कोषबाट प्राप्त हुने सुविधाहरु सम्बन्धमा सहजीकरण गर्नुभएको थियो ।


    त्यतै कार्यक्रमा आफ्नो पालिकाका सबै श्रमीकहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध गराई उनीहरूको आर्थिक तथा सामाजिक जोखिमको न्यूनीकरण गर्ने उद्देश्यका साथ आँबुखैरेनी गाऊँपालिकामा सामाजिक सुरक्षा योजना कार्यान्वयनको गर्न लागीएको जानकारी गराउनुहूँदै,यसका लागी सुरुवातमा पालिकामा कार्यरत करार र अस्थायी प्रकृतीका कर्मचारीहरुलाई यही आर्थीक वर्षदेखी उक्त कार्यक्रममा सहभागी गराई, सबै भन्दा पहिला पालिकाकै कार्यालयबाट लागु गर्ने र आगामी आर्थिक वर्ष देखी अन्य सरोकारवाला संस्थाहरुलाई पनी उक्त कार्यक्रम कार्यान्वयनका लागी निर्देशन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation