
बुटवल, २० फागुन । लायन्स क्लब अफ बुटवल स्टार्सले गुल्मीको एक विद्यालयलाई स्टेशनरी सामग्री र विधार्थीहरुलाई डे्स सहयोग गरेको छ । लायन्स ईन्टरनेशनलको ‘स्वार्थ भन्दा माथि सेवा’ भन्ने मुल नारासहित स्थापना भएको तथा ग्लोबल कज अन्र्तगत युथ शिर्षकमा क्लबले गुल्मीको धु्रर्काेट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा रहेको सोमर भोमर माध्यमिक विद्यालयमा स्टेशनरी २ सय विधार्थीहरुलाई स्कुल डे्स स्वीटर र स्पोटर्स सामग्री सहयोग गरेको हो ।
सोमबार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले गाउँपालीका अध्यक्ष भुपाल पोखरेल र वडा अध्यक्ष पदम बहादुर बिष्ट लाई सामग्री हस्तान्तरण गरका हुन ।
कार्यक्रममा बोल्दै गाउँपालीका अध्यक्ष पोखरेलले सामाजिक संस्था स्टार्सले समाजमा गरेका मानवीय सेवाका कार्य अनुकरणीय रहेको बताउदै सहकार्य गरेर अघि बढ़न तयार रहेको बताए । स्टार्स क्लबले सामुदायिक बिधालयमा अध्ययनरत बिधार्थीलाई शैक्षिक सामग्री वितरण गरेर प्रशंसनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ पी का जिएसटि काोडिनेटर आशिषकृष्ण श्रेष्ठले विगतबाट नै विकट क्षेत्रका विद्यालयहरुलाई सहयोग अभियान चलाउदै आएको बताए । सानो सहयोगबाट विद्यार्थीहरुलाई पढाईमा हौसला मिल्ने उनले दाबी गरे ।
क्लब अध्यक्ष अर्यालले न्युनतम आवश्यकताको अभावमा बिद्यालय जानबाट वञ्चित बालबालिकाको सहारा बनेको क्लबले विभिन्न ठाँउमा न्युनतम आवश्यकताको अभावमा बिद्यालय जानबाट वञ्चित बालबालिकालाई विद्यालय पुग्ने वातावरण तयार गर्नुका साथै बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणमा समर्पित हुदै विभिन्न कार्यक्रम गर्दै आएको बताए ।
तेस्तै कार्यक्रम निबर्तमान अध्यक्ष रिन्कु लिगल ,सदस्य हरि पोखरेल केसी , वडा सदस्य चक्र सुन्दर काउचा ,बिधालय ब्यवस्थापन समिती अध्यक्ष भुग बहादुर काउचा , प्र अ कृष्ण बहादुर काउचा लगाएत बोलेका थिए । संयोजक कमलेश कसौधले वार्षिक कार्ययोजना अनुरुप सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत डे्स तथा स्टेशनरी सामाग्री वितरण गरिएको र बिधालय तथा विद्यार्थीलाई करिब रु २ लाख बराबरको सामग्री वितरण गरेको जानकारी दिए ।