प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ फागुन १९ देखि

  • बुटवल १७ फागुन । प्रथम सुनगाभा सैनामैना गोल्डकप २०८१ को तयारी पूरा भएको छ । मुर्गिया फुटवल क्लबको आयोजनामा फागुन १९ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० समुहको सहभागिता रहने शनिबार पत्रकार सम्मेलन गरिक्लबको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।
    स्तानीय खेलाडीको उत्पादन तथा राष्ट्रिय खेलाडीहरुलाई सहभागी गराउने उद्देश्यसहित पहिलो पटक गोल्ड कपको आयोजना गर्न लागिएको र अखिल नेपाल फुटबल संघ ९एन्फा०सँग आधिकारिक अनुमति प्राप्त गरी सोही नियमानुसार प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष प्रविन भारीले जानकारी गराए । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल स्पोन्सर रहेको प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ पुरस्कार राशीसहित गोल्डकप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । यसैगरी उपविजेता समुहले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । नकआउटका आधारमा हुने प्रतियोगिताको अन्तिम चारमा पुग्ने अन्य २ समुहलाई समान ८० हजार रुपैयाँ नगद राशी प्रादन गरिने अध्यक्ष भारीले जानकारी दिए ।
    यसैगरी विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोल रक्षक र उदयीमान खेलाडीलाई सान १५ हजार रुपैयाँ नगद राशीले सम्मान गरिने भएको छ ।
    प्रतियोगितामा आयोजक सहित विभागीय टोलीहरु नेपाल पुसिल र एपीएफ, भारतको सिक्किमको डिजोंग्री क्लब, महाविर क्लब काठमाडौं, अभिषेक क्लब रजहर नवलपुर, हनामी बिएफसी चितवन, कपिलवस्तु११, गोर्खा ब्वाइज रुपन्देही र फर्साटिकर युथ क्लब रुपन्देही सहभागी हुँदै छन् । प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज बीच हुने भएको छ ।
    सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा संरक्षकत्वमा हुने प्रतियोगिता सञ्चालनका लागि एन्फाकै रेफ्री तथा अपिसयलहरु मार्फत खेलहरु सञ्चालन हुने भएका छन् । बढीमा ५ जना विदेशी खेलाडी समेत सहभागी गराउन पाइने छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation