
बुटवल– राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन ले विदेशीबाट ऋण लिएर जनप्रतिनीधी पाल्ने अवस्थाको अन्त्य हुनुपर्ने नेता लिंङदेनको भनाई रहेको छ । उनले प्रदेश तह खारेज गरी जनप्रतिनिधीहरुको कटौती गर्नुपर्ने बताएका थिए । जिल्ला संमन्वय समिति र राष्ट्रिय सभा समेत खारेज गर्नुपर्ने बताएका थिए ।
बुटवलमा पार्टीको आयोजना भएको प्रादेशिक वृहत आमसभा लाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष लिङदेनले नेपाल अहिले संसारकै महंगो कर उठाउने देशको रुपमा रहेको बताएका थिए । अहिले देशको सार्वजनिक ऋण को सिमा नाघेको भन्दै जनताबाट उठाएको करबाट देश धान्ने अवस्था नभएको बताएका थिए । राजाको भुमिका अव संवौधानिक रुपमा राख्ने र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीले देश चलाउने, दुईकार्यकाल भन्दा बढि बस्न नपाउने गरी नयाँ व्यवस्था सुरुवात गर्न खोजिएको बताएका थिए ।
उनले अन्य देशमा भएको व्यवस्था भन्दा नेपालको मौलिक व्यवस्था अहिलेको आवश्यकता रहेको दावि गरेका थिए । देशको प्रधानमन्त्री विदेशीहरुको कारिन्दा भन्दा पनि जनताको सेवकको रुपमा हुनुपर्ने बताएका थिए । देशभरीका जनताले प्रत्यक्ष भोट हाल्न पाउने व्यवस्था भएमा सबैको प्रधानमन्त्री हुने दावि गर्दै देशको कुना कुनाबाट प्रधानन्त्रीको लागि भोट हाल्ने व्यवस्था अवको आवश्यकता रहेको बताएका थिए । सभामा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे सहित प्रवक्ता ज्ञानेन्द्र शाही, प्रदेश अध्यक्ष प्रदिप उदय लगायतका नेताले सम्बोधन गरेका थिए ।