लायन्स क्लव अफ तिलोत्तमा स्टार्सको मेगाहेल्थ क्याप

  • बुटवल, १३ फागुन । लायन्स क्लव अफ तिलोत्तमा स्टार्सका अध्यक्ष विना पौडेलकाे जन्मदिनका अवसरमा स्वास्थ्य शिविर गरिएको छ । सामाजिक सेवा भावको उदेश्यका साथ मेगाहेल्थ क्याप गरिएको हो । जसमा सुगर, प्रेसर, आँखा, दन्त परिक्षण र महिलाहरुको पाठेघर र स्तन क्यान्सर सम्बन्धी निशुल्क परिक्षण गरिएको तथा सचेतनामुलक कार्यक्रम गरिएको हो । क्लवका पुर्व अध्यक्ष लक्ष्मी थापाको संयोजकत्वमा भएको कार्यक्रमाको अध्यक्षता विना पौडेल क्षेत्रीले गरेकी थिईन् । कार्यक्रममा डिष्ट्रिक गर्भनर पुरुषाेत्तम भक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।
    सो कार्यक्रममा बोल्दै प्रधानाङ्गले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपान लगायत विषयमा सचेतनामूलक जानकारी दिएका थिए । वंशाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको बताए । त्यस्तै कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष दान बहादुर चौधरीले खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए स्वस्थ्य रहन र विभिन्न रोगबाट बच्न सकिने बताए । , डिष्ट्रिक फष्ट भिडीजी बालाराम भट्राराईको विशिष्टता आतिथ्यता रहेको थियो । डिष्ट्रिक डिजास्टर रिस्कीउ एण्ड रिलिफ चिफ मिना पन्थीको विशिष्टता आतिथ्यता रहेको थियो।  बुटवल लायन्स आँखा अस्पताल का नेत्र अधिकृत मनोहर न्यौपाने , सम्रर्पण बाल गृहका डा. शान्ता शर्मा, शाईन डेन्टल कोटिहवाका सागर झा, डा.अर्पणा शर्मा सहितको प्राविधिक समुहले स्वास्थ्य परिक्षण गरेकोे थियो । कार्यक्रममा तिलोत्तमा वडा नम्बर १७ का वडा कार्यालय, स्वास्थ्य शाखाको समेत प्राविधिक सहयोग रहेको अध्यक्ष विना पौडेले जानकारी दिइन । उक्त शिविरमा बाट २ सय जनाकाे स्वास्थ्य परिक्षण गरिएकाे संयोजक लक्ष्मी थापाले जानकारी दिइन ।कार्यक्रम संचालन सहसचिब नारायण अधिकारी ले गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation