रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको अध्यक्षमा श्रेष्ठ

  • बुटवल ,१० फागुन । रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको शनिवार सम्पन्न प्रथम साधारणसभा तथा अधिवेशनले अध्यक्षमा राजकुमार श्रेष्ठ नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरको हो ।
    संघको उपाध्यक्षमा मनोज अग्रवाल, सचिवमा आशिष श्रेष्ठ, कोषाध्यक्षमा उत्तम गुरुङ्ग निर्वाचित भएको निर्वाचन समितिका संयोजक सितुप्रसाद श्रेष्ठले बताए । यस्तै सदस्यमा सुरज दास नापित, सन्दिप कोइराला, सुप्रिया श्रीश, यमसरी थापा, सुदिप श्रेष्ठ, शुसिल बाबु श्रेष्ठ, रोशन रेग्मी, राज कुमार श्रेष्ठ, मनोज अग्रवाल आशिष श्रेष्ठ सर्वसम्मत रुपमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्रेष्ठले बताए ।
    अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष सितुप्रसाद श्रेष्ठले गरेका थिए । सो अवसरमा बोल्दै श्रेष्ठले बुटवललाई शारीरिक सुगठनको हवको विकास गर्ने आफु लागि परेको बताए । केन्द्रिय तालिका अनुसार नै कार्ययोजना बनाएर प्रदेश र जिल्लाका खेल कार्यक्रम संचालन गर्ने गरेको बताए ।राष्ट्रिय खेलका लागि सहयोग हुने गरी जिल्ला र प्रदेशका खेलाडीहरुलाई तयारी अवस्थामा राख्नका लागि कार्ययोजना बनाएर जिल्लाको एक महिना अघि जिल्लाको र एक महिना पछि प्रदेशको खेल आयोजना गर्न लागेको अध्यक्ष श्रेष्ठले बताए । साथै शारीरिक सुगठन तथा फिटनेश संघले सम्पूर्ण जीप व्यवसायीहरुको अभिभावकत्व लिने समेत प्रतिबद्धता व्यक्त गरे ।

    यस्तै जिल्ला खेलकुद विकास समिति रुपन्देहीका प्रमुख चन्द्रकान्त आचार्यले शारीरिक सुगठन तथा फिटनेश संघलाई सक्दो आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अध्यक्ष राजकुमार श्रेष्ठले सबै जिप व्यवसायीहरुको हक, हित र संरक्षणका लागि आफु निरन्तर रुपमा लागि पर्ने बताए ।

    प्रथम साधारणसभा तथा अधिवेशन अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष सितुप्रसाद श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation