लायन्स ईन्टरनेशनल डिष्ट्रिक पी को आयोजनामा महिलाको चुनौतिः अवसर विषयमा वृहत अन्तरक्रिया

  • बुटवल, १० फागुन । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पीको आयोजानमा महिलाहरुको चुनौति र अवसर विषयमा तिलोत्तमकाे ड्राईभरटोलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै
    उच्च अदालत तुलसीपुर बुटवल ईजलासका न्यायाधिस किरण कुमारी गुप्ता ले महिलाहरुको हक हितको लागि सबैजनाले न्यायिक क्षेत्रमा समेत बलियो उपस्थीत जनाउनुपर्ने बताईन् । लायन्स डिष्ट्रिक ३२५ के का गर्भनर निरा बज्राचार्यले महिलाहरुकको सीप, क्षमता विकासका लागि सहकार्य गर्नुपर्नेमा जोड दिए । यस्तै बुटवल उपमहारनगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले महिलाहरुको शशक्तीकरणको लागि स्थानीय पालिकाहरुले आवाज उठाउँदै आएको बताउँदै संविधान प्राप्ती संगै देशको महत्वपूर्ण स्थानमा महिलाहरुको सहभागीता बढ्दै गएको बताएकी थिईन् ।
    यस्तै नेपाली चलचित्र क्षेत्री नायिका आचल शर्माले कला मार्फत महिलाहरुको आवाज बुलन्द गर्नको लागि सबैले पहल गर्नुपर्ने र आफुले समेत महत्पूर्ण भूमिका खेल्ने बताएकी थिईन् ।

    कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी का गर्भनर पुरुशाेत्तम भक्त प्रधानाङ्ग ले महिलाहरुको समाज परिर्वतनमा सबैभन्दा ठुलो भुमिमा रहने बताएका थिए । तेस्तै प्यानल छलफलमा महिला उद्यमी तथा स्वाथ्यकर्मी सुरुची खड्का, पत्रकार भगवती पाण्डे, सामाजिक अभियान्ता मिना पन्थी र रचना क्षेत्री लायत प्यानलिष्टको रुपमा आ आफ्नो भनाई राखेका थिए ।
    कार्यक्रको मोडिएटरको रुपमा भुमिका प्रविना घिमिरिले निर्वाह गरेकी थिईन् । एफ डब्लुसी कोर्डिनेर सुलोचना श्रेष्ठको संयोजकत्वमा भएको कार्यक्रममा एरिया ३ का एरिया चिफ शान्ती पाठक पाण्डेले कार्यक्रम होष्ट गरेका हुन । कार्यक्रममा फष्ट भिडिजी बालाराम भट्टराई  सकेन्ड भिडिजी सन्दीप कसौधन, पुर्व गर्भनर नवराज न्यौपाने  लगायतको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation