सर्वाधिक राशीको शाइन रेसुंगा राष्ट्रिय दौड फागुन ११ मा

  • बुटवल, ९ फागुन । सर्वाधिक राशीको ‘शाइन रेसुंगा राष्ट्रिय टेन के रन’ ( दौड प्रतियोगिता) सोमबार हुदै छ । बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा फागुनको ११ गते बिहान ७ बजे आयोजना हुने बैक ले जानकारी दिएको छ ।
    बिहीबारसम्म नाम दर्ता उत्साहजनक रहेको र कार्यक्रमलाई भव्य बनाउन धेरैभन्दा धेरै धावक सहभागी होउन् भन्ने बैंकको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताए । ‘रन टु साइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगितामा राष्ट्रियस्तरको महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी ३ विधा समावेश गरिएको छ ।प्रतियोगिताको पुरस्कार राशी पाँच लाख रुपैयाँ रहेको छ । खुलातर्फको महिला÷पुरुष विजेताले एक–एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको यो पुरस्कार रकम नेपालकै सर्वाधिक रकम हो । खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले रु।१० हजार रुपैयाँ प्राप्त गर्नेछन् । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले पाँच हजार, चौथोले २५ सय रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    बुटवलको कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट फागुन ११ गते बिहान ७ बजेदेखि सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुनः केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गरेको छ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्देश्य अनुरूप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको र यसमा धेरै भन्दा धेरै धावकको सहभागिताको अपेक्षा गरिएको बताए ।

    ‘विभिन्न सामाजिक क्रियाकलापमा बैंकको भूमिका अग्रणी नै रहँदै आएको छ, राष्ट्रियस्तरको यो दौड प्रतियोगितामा पनि स्थानीयदेखि देशभरका धावक सहभागी गराएर खेलकुद र समाजप्रति उत्तरदायित्व नयाँ ढंगले पूरा गर्ने अवसरको रूपमा लिएका छौं’पौडेलले भने–‘यो दौड प्रतियोगिता सबैको उत्सव होस् भन्ने हाम्रो अपेक्षा छ ।’
    प्रतियोगिताको व्यवस्थापनको जिम्मा लिएको कखरा इभेन्टले ५ हजार जनासम्मले भाग लिए पनि व्यवस्थापन गर्ने गरी तयारी भएको जनाएको छ । प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त भएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation