
बुटवल,९ फागुन ।बुटवल कालिका क्याम्पस बुटवल-१० रामनगरकाे आयोजनामा भएकाे अन्तर +२ सुपर सिक्स क्रिकेट प्रतियोगिताकाे उपाधि शान्ति नमुना मावि ले जितेकाे छ । शान्ति नमुना मावि काे “बी ” समुहलाई पराजित गर्दै शान्तिलनमुना मावि मणिग्राम “ए” समूह विजयि भएकाे हाे।।
विजयि भएकाे समूह शान्तिफ नमुना माविले नगद २० हजार सहित ट्राफि, मेडल र प्रमाणपत्र प्राप्त गर्याे। यस्तै उपविजेता बनेकाे “बि” समुहले १५ हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्रदाज गरिएकाे हाे ।
प्रतियोगिता समापन कार्यक्रममा बुटवल कालिका क्याम्पसका सहायक क्याम्पस प्रमुख महेश पाण्डे , बिबिएस कार्यक्रम संयाेजक बुद्धि राम चाैधरी , अतिरिक्त क्रयाकलपा संयाेजक रेश्मिराज शर्माले पुरस्कार प्रदान गरेका हुन ।
प्रतियोगितामा म्यान अफ द सिरिज शान्ति नमुका नविन भण्डारी भए । यस्तै बलरमा क्यानन् माविका राेहित कुमार पासवान भए भने बेष्ट ब्याट्सम्यान शान्ति नमुनाका पीयूष कुमार गुरुङ भएका छन् ।
प्रतियोगीतामा म्यान अफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय , बेष्ट बलर, बेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्फी र प्रमाणपत्र प्रदान गरिएकाे बुटवल कालिका क्याम्पस का अतिरिक्त क्रियाकलाप संयाेजक रेश्मिराज शर्माले जानकारी दिए ।