लायन्सहरुको आयोजनामा गौशालामा आहारा प्रदान

  • बुटवल ,८ फागुन । लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ पी अन्र्तगत १० वटा क्लवको आयोजनामा कपिलवस्तुको कोठीखोला गौशालामा सहयोग प्रदान गरिएको थियो  राम्रो कर्म गर्नका लागी
    विहिबार गौशालामा एक औपचारिक कार्यक्रमको आयोजना गरी गौआहारको रुपमा चापट, ब्रान, साईलेज गरी एक टेक्टर पराल प्रदान गरिएको कार्यक्रम संयोजक डिष्ट्रिकको चिफ (हंकररिलिभ ) सिता भट्टराईले जानकारी दिईन् । यस्ता कार्यलाई आगामी दिनमा अझै बढी निरन्तरता दिने प्रतिवद्धता जनाए ।
    कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेललाई डिष्ट्रिक गर्भनर पुरुषोत्तमभक्त प्रधानाङ्गले गौआहारा प्रदान गरी कार्यक्रम शुभारम्भ गरेका थिए । गौशाला व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष पौडेलले गौशालाको लागि लायन्स क्लवले गरेको सहयोगको उच्च प्रशंसा समेत गरेका थिए ।पशु चौपायका कारण बढिरहेको सवारी दुर्घटना र किसानका वाली नालीमा पशु चौपायाले पुर्याएको क्षतीलाई मध्येनजर गरी गौशालाको परिकल्पना गरेर सडकका छाडा चौपायाको ब्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताए ।
    कार्यक्रममा बोल्दै डिष्ट्रिक गर्भनर प्रधानाङ्गले सामाजिक सेवा भावले लायन्सले मानिसको साथै पशु कल्याणमा समेत जोड दिएका थिए ।ग्लोवल कज अन्र्तगत रहेर गौशलामा आवश्यता लाई मध्यनजर गरि र आहारा गोउ आहरा दिएको र गाई को दुध बाट बालबालीकाहरु स्वास्थ्य र टालेन्ट हुने एक सर्वोक्षण भनेको जानकरी दिए । कार्यक्रमा सहभागी क्लबहरु लायन्स क्लव अफ बुटवल फुलबारी, लायन्स क्लव अफ बुटवल स्टार्स, लायन्स क्लव अफ बुटवल सयपत्री, लायन्स क्लव अफ बुटवल डायनामिक लेडिज, लायन्स क्लव अफ बुटवल तिलोत्तमा, लायन्स क्लव अफ बुटवल भृकुटी प्यराडाईज, लायन्स क्लव अफ बुटवल सिद्धबाबा भृकुटी, लायन्स क्लव अफ बुटवल शंकरनगरबाटिका, लायन्स क्लव अफ बुटवल मुतिmनाथ र लायन्स क्लव अफ बुटवल भृकुटी टाउनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा लायन्स डिष्ट्रिक ३२५ पी का फष्ट भिडिजी बालाराम भट्रराई, डिष्ट्रिक चिफ एड्भाईजर खेम हमाल, जिएटि आशिष कृष्ण श्रेष्ठ , डिष्ट्रिक जीटी मिना पन्थी, जिएमटी दिपक श्रेष्ठ सहित डिष्ट्रिकका विभिन्न पदका पदाधिकारीहरु र क्लवका अध्यक्ष सहित सचिव र पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation