कालिका क्याम्पस सुपर सिक्स क्रिकेटः सेमिफाईलनमा क्यानन भर्सेज शान्ती ‘बी’ र नविन भर्सेज शान्ती ‘ए’ भिड्दै

  • बुटवल, माघ । बुटवल १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसको आयोजानमा जारी सुपर सिक्स‘बुटवल कालिका कप क्रिकेट प्रतियोगीता–२०८१’ मा विहिबार ५ वटा खेल सम्पन्न भएका छन् ।

    विहिबार बाट ४ वटा समुहले सेमिफाईनलको यात्रा तय गरेका छन् । बुटवल कालिका क्याम्पसका अतिरिक्त क्रियाकलाप संयोजक रेस्मीराज शर्माका अनुसार सेमिफाईलनका लागि शुक्रबार विहान ९ बजे बाट खेल सुरुवात हुने छ । जसमा पहिलो खेल क्यानन मावि बुटवल र शन्ती नमुना मावि को ‘बी’ टिमका विचमा हुने छ भने दोस्रो सेमिफाईलन खेल नविन औद्योगीक कदर बहादुर रिता मावि र शान्ती नमुना माविको ‘ए’ टिमका विचमा हुने छ ।

    शुक्रबार नै सेमिफाईलन खेल सकीए लगत्तै फाईल खेल समेत गरिने र पुरस्कार वितरण समेत कार्यक्रम आयोजना गरिएको क्याम्पसका अतिरिक्त क्रियाकलपा संयोजक शर्माको भनाई छ । प्रतियोगीतामा बिजेता समुहले २० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता टिमले १५ हजार नगद सहित कप, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । प्रतियोगीतामा म्यान अफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २ हजार ५ सय , बेष्ट बलर, बेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्फी र प्रमाणपत्र प्रदान गरिने छ । सुपर सिक्स फरम्याटमा खेलाइएको प्रतियोगीतामा ६ जना खेलाडी ६ ओभरको खेल रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation