बुुटवलकालिका क्याम्पसको आयोजनामा सुपर सिक्स क्रिकेट प्रतियोगीता सुरु

  • बुटवल, फागुन । बुटवल कालिका क्याम्पस बुटवल १० रुपन्देहीको आयोजनामा अन्तरविद्यालय सुपर सिक्स क्रिकेट प्रतियोगीता सुरु भएको छ । बुधवार बुटवल १० रामनगर खेल मैदानमा एक औपाचारिक कार्यक्रमको आयोजना गरी प्रतियोगीता शुभारम्भ गरिएको हो ।
    क्याम्पस सञ्चालन समितिका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा भएको प्रतियोगीता शुभारम्भ को अवसरमा लुम्बिनी प्रदेश क्रिकेट संघका हेड कोच बसन्त शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै लुम्बिनी प्रदेश सरकारका शिक्षा विज्ञ दल बहादुर गुरुङ्ग को विशिष्ठ आतिथ्यतामा प्रतियोगीता सुरुवात भएको हो । १४ वटा टिमको सहभागीता रहेको प्रतियोगीतामा पहिलो दिन ५ वटा खेल सम्पन्न भएका छन् । फागुन ७, ८ र ९ गते सम्म चल्ने प्रतियोगीतामा विजेता टिमले २० हजार नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो टिमले १५ हजार नगद सहित कप, मेडल र प्रमणपत्र प्राप्त गर्ने क्याम्पस प्रमुख घनश्याम पाठकले जानकारी दिए । प्रतियोगीतामा म्यानअफ द म्याचलाई १ हजार, म्यान अफ द सिरिजलाई २५ सय , बेष्ट बलर, बेष्ट ब्याड्सम्यानलाई १ हजार ५ सय सहित ट्फी र प्रमाणपत्र प्रदान गरिने बुटवल कालिका क्याम्पसका अतिरिक्त क्रियाकलाप प्रमुख रेस्मीराज शर्माले जानकारी दिए । सुपर सिक्स फरम्याटमा खेलाइएको प्रतियोगीतामा ६ जना खेलाडी ६ ओभरको खेल रहेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation