लखन कप नकआउट फुटबलको उपाधि देवदह व्याईजलाई

  • बुटवल ७ फागुन । बुटवलमा बुधबार सम्पन्न भएको लखन कप नकआउट फुटबल प्रतियोगितामा २०८१ को उपाधि देवदह ब्याईज क्लब, ले हाता पारेको छ देवदहले भिडन्तमा आयोजक लखन ब्रदर्शलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
    उपाधिसँगै देवदह ब्वाईजले नगद १ लाख ५१ हजार ५१५ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता लखन ब्रदर्शले नगद ७५ हजार ७५७ रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
    प्रतियोगितामा लखनका सुजित डाँगी खेलमा उत्कृष्ट डिफेन्डर, लखनकै जितेश गुरुङ उत्कृष्ट मिडफिल्डर, लखनकै मिलन आले सर्वाधिक गोलकर्ता, देवदहका टेक बहादुर मुखिया उत्कृष्ट गोलकिपर, देवदहका सुभाष थारु सर्वोत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । सियारीका बलराम न्यौपाने उदयमान खेलाडी घोषित हुँदै पुरस्कृत भए । विधागत रुपमा सर्वोत्कृष्ट खेलाडी नगद १० हजार ५०० सहित र अन्य चार जना उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार ५५५ रुपैयाँ, कपबाट पुरस्कृत भए ।बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा सिद्देश्वर खेलमैदानमा भएको थियो ।
    कार्यक्रम बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, क्लबका अध्यक्ष सुदिप खत्री, क्लबका संरक्षक संयोजक राम बहादुर थापा, क्लबका सचिव निरन्जन पन्तले विजेता उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । माघ २२ देखि शुरु भएको प्रतियोगितामा रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation