एकीकृत घुम्ती शिविरमा एक हजार नागरिकले सेवा लिएका

  • फागुन,६ |रुपन्देहीको शुद्धोदन गाँउपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजार बडी नागरिकले सेवा लिएका छन्। गाउँपालिकाले फागुन ५ गते शुद्धोदन ७ मटेरिया जन्ता माविको प्राङ्गणमा एक समारोहबीच सम्पन्न भएको छ।सो शिविर मार्फत विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण साथै मधुमेह तथा पिसाब परीक्षण, पशुपंक्षी जाँच तथा निःशुल्क औषधी वितरण साथै गोबर तथा थुनेलो परीक्षण र पशु बन्धयाकरण तथा कृत्रिम गर्भाधान सेवा,
    आयुर्वेद उपचार तथा निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा रसायन औषधी निःशुल्क वितरण, सुत्केरी आमाको स्वास्थ्य परीक्षण एवम् पोषणजन्य औषधी वितरण सेवा,कृषि बाली उपचार सेवा तथा निःशुल्क औषधी वितरण, मिनिकिट वितरण, उत्कृष्ट कृषक सम्मान तथा प्रोत्साहन, ज्येष्ठ नागरिक परिचयपत्र वितरण तथा निःशुल्क कपडा वितरण, व्यवसाय दर्ता तथा नवीकरण र निःशुल्क दृष्टी परीक्षण सेवा प्रदान गरिएको शुद्धोदन गाउँपालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले बताउनुभयो ।

      1. ७ नम्बर वडाका टोल टोल बाट किसानहरूले स्थानीय तरकारीको प्रदर्शन समेत गरेका थिए । सो एकीकृत घुम्ती शिविरमा तरकारी बालि उत्पादनमा शुद्धोदन ७ का दर्ता नम्बर १०४ धनुइ लोधले ९०.२ ल्याएर प्रथम स्थान हासिल गरेका छन्।भने दोस्रो स्थानमा दर्ता नम्बर १०२ मोहन लोधले ८९.६ ल्याएका थिए।दर्ता नम्बर १०३ का रामनरेश पासीले ७९.६ नम्बर ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । सन्तवनामा दर्ता नम्बर १०१ का मलहु लोधले ७८.८ भएको थियो।भने सहभागीहरूलाई पनि सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको जन्ता माविका
        कक्षा ७.८.९ र १० का विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय छपियाका प्रमुख शैलेन्द्र पाण्डेले जनचेतना मूलक प्रशिक्षण दिनुभएको थियो।यसैगरी शुद्धोदन कृषि अधिकृत विपुल गौतम र पशु शाखा प्रमुख भुमिश्वर खनालले बेमौसमी फलफूल तथा तरकारी खेतीको बारेमा र पशुपालन सम्बन्धि प्रशिक्षण दिनुभएको र १ जना ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।भने १ जनाले व्यवसाय दर्ता गर्नुभएको गाउँपालिका कार्यालय प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले बताउनुभयो । उक्त शिविरमा कृषि सेवामा मिनि कीट (तरकारीको बिउ) २ सय ४३ जना,कीट नाशक विषादी ६० जना,दुसी नाशक विषादी ६२ जना,कृषि मेला अवलोकन ५२ जना गरि ४ सय १७ जनाले कृषि सेवा प्रदान गरिएको कृषि शाखा प्रमुख रमेश रेग्मीले बताउनुभयो।यसैगरी पशु सेवामा पशु परिक्षण औषधि वितरण उपचार १ सय ३५ जना,गोबर जाँच ५ ,थुनेलो जाँच २,बोका ५,रेविज फोप ८,गर्भाधान सेवा १ गरि १ सय ३६ जनाले पशु सेवा लाभान्वित भएको पशु शाखा प्रमुख भुमिश्वर खनालले बताउनुभयो।आयुर्वेद सेवामा १ सय ७५ जनाले उपचार तथा निःशुल्क औषधी वितरण गरिएको आयुर्वेद शाखा प्रमुख प्रान्शु ढकालले जानकारी दिनुभयो। स्वास्थ्य सेवामा ६८ जनालाई स्वास्थ्य परिक्षण गरि निःशुल्क औषधी वितरण गरिएको र आखाको चेकजाँच ८० जनालाई गरिएको स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो । उक्त शिविरमा शुद्धोदन प्रव्क्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष केशव प्रसाद अधिकारी,आर्थिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का वडा अध्यक्ष कमल खड्का क्षेत्री, कार्यपालिका सदस्य पवित्रा थारु,वडा सचिव माधव चौधरी वडाका विभिन्न टोल विकास समितिका अध्यक्ष तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा ७ वडाका वडा सचिव माधव चौधरीको स्वागतमा र पशु शाखा प्रमुख भुमिश्वर खनालको सञ्चालनमा सो एकीकृत घुम्ती शिविर सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation