१२ औ दीप गायन तारा बने भुर्तेल

  • बुटवल  फागुन– बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा मंगलबार आयोजित बाह्रौँ दीप गायन तारा प्रतियोगितामा ग्रिन प्लान्ट स्कुलका विशेष भुर्तेल दीप गायन तारा बन्न सफल भएका छन् ।
    उनले प्रारम्भिक चरणबाट अन्तिम प्रतिष्पर्धाका लागि छनोट भएका १९ प्रतियोगीहरुलाई पछि पार्दै उनी दीप गायन तारा बन्न सफल भएका हुन् । प्रतियोगिताको प्रारम्भिक चरणमा माघ २५ गते रुपन्देही जिल्लाभित्रका कक्षा १० सम्म अध्यापन हुने माध्यमिक विद्यालयका ३१ जना प्रतियोगीहरुले गीत प्रस्तुत गरेका थिए ।
    अन्तिम प्रतिस्पर्धाबाट इन्टेलेक्चुअल एकेडेमीकी निहारिका ढुङ्गाना द्वितीय, सन मोडेल इङ्ग्लिश बोर्डिङ स्कुलकी दीक्षा पुन तृतीय र बुद्धदीप इङ्ग्लिश बोर्डिङ स्कुलकी शान्ति गुरुङ तथा कान्ति मा.वि.की क्रिस्टिना खनालले सान्त्वना स्थान हासिल गरेका छन् ।
    प्रतियागितामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वना हुने २ जनाले दुई÷दुई हजारका साथ सिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
    त्यसैगरी बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले प्रतियोगीताको औपचारिक शुभारम्भ गरेकी थिईन् ।
    यस्तै बुटवल उपमहानगरपालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थीले दीप बोर्डिङले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुको गायन प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेकोको बताएका थिए ।
    त्यसैगरी बुटवल नगर शिक्षा समिति सदस्य तथा तिनाउ अंग्रेजी बोर्डिङ स्कुलका प्राचार्य यज्ञमूर्ति पाण्डेले आफूले दीप बोर्डिङ स्थापनाको सुरुवाती अवस्थामा अध्यापन गरेको बताउँदै दीपले शैक्षिक क्षेत्रमा फड्को मारेको बताउनुभयो भने दीप बोर्डि प्रविधिमैत्री शिक्षामा अगाडि बढ्दै संस्थागत विद्यालयको पक्तिमा राम्रो नमूना बनिरहेको बताएका थिए ।
    त्यसैगरी कार्यक्रममा अभिभावक महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले गुणस्तरीय शिक्षा, प्रतिभा पहिचान, संस्कार र संस्कृतियुक्त शिक्षामा महत्वपूर्ण कार्य गर्दै आइरहको र यसले आगामी दिनमा अझै उन्नति गर्दै जाओस् भन्ने शुभकामना दिएका थिए ।
    कार्यक्रममा दीप सांस्कृतिक परिवारका विद्यार्थीहरुले गुरु वन्दना, गणेश वन्दना, स्वागत गीत, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले दीप बोर्डिङले राष्ट्रिय कलाकार जन्माउने प्लेटफर्म तयार गरेको बताएका थिए ।
    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ढोँजूको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्य, राष्ट्रिय परीक्षा बोर्ड बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारी, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापा, अभिभावक संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बुटवल उपमहानगरपालिका वडा नं. ८ का वडाअध्यक्ष यज्ञप्रसाद पङ्गेनी, बुटवल उपमहानगर पालिका माध्यमिक शिक्षा शाखाका प्रमुख टीकाराम पन्थी, राष्टिय परीक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीको सहभागीता थियो । प्राचार्य टीकाराम न्यौपानेले विद्यालयको विविध गतिविधीबारेमा प्रकाश पारेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation