ठुलो परिणाममा चरेश र गाँजासहित ७ जना रुपन्देहीमा पक्राउ

  • बुटवल, ३ फागुन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठुलो परिणाममा चरेश र गाँजासहित ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको सम्युक्त टोलीले २०.०७९ किलोग्राम चरेश र २१ किलोग्राम गाँजा सहित त्यसमा संलग्न ७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    प्रहरीले र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ र सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, बडा नम्बर ८ मा लागु औषध कारोबार हुँदैछ भन्ने गोप्य सुचनाको आधारमा लागु औषध र कारोवारमा संलग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए । प्रहरीले कारोवारमा संलग्न धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ बर्षिय दिपक तामाङ, सोहि स्थानका ३६ बर्षिय सुन बहादुर तामाङ, ३१ बर्षिय नक्कल बहादुर तामाङ, ४१ बर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।
    त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने २५ बर्षिय जिबन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ बर्षिय २३ दिलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ बर्षिय जिवनाथ पाण्डे रहेका छन् ।
    प्रहरीले लागुऔषध कारोवारमा संलग्न उनीहरुको थप अनुसन्धान भईरहेको जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation