संविधान संसोधन गरी जनताको अधिकार थप रक्षा गरिन्छः गगन थापा

  • बुटवल, माघ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान संसोधन मार्फत जनताकोे अधिकार थप स्थापित गर्न लागेको बताएका छन् । उनले संविधान संसोधन आफैमा गलत नभएको भन्दै अधिकार रक्षाको लागि यो अपरिहार्य आवश्यकता भएको समेत बताए ।

    बुधबार बुटवलमा आयोजित नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेश समितिको प्रथम अधिवेशन उदघाटन गर्दै महामन्त्री थापाले

    भएका अधिकार कटौती गर्नका लागि नभएर संविधानमा भएका अस्पष्टता र अफ्ठ्यारा फुकाउनका लागि संविधान संशोधनको कुरा उठेको भन्दै उनले भएका प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि संविधान संशोधन गर्न लागिएको दाबी गरे ।

    पार्टीको आगामी महाधिवेशन पुर्वनिर्धारित समयमै हुने भन्दै उनले महाधिवेशनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन पनि उनले नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।
    प्रेस स्वतन्त्रता र नागरिकका मौलिक हक स्थापित गर्न कांग्रेसले लामो समय संघर्ष गरेकोले त्यसमा कांग्रेसले कुनै सम्झौता नगर्ने बताएका हुन् ।

    नेपाली कांग्रेस स्थपापनाकालदेखि समानुपातिक समावेशीताको सिद्धान्त अवलम्बन गरेको उदाहरण दिदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशीतालाई कांग्रेसले कहिल्यै नछाड्ने दाबी गरे ।

    बर्तमान सरकार कांग्रेसले चाहेर र कांग्रेसको प्रयासका कारण गठन भएको नभई समय र परिस्थितिको उपज भएको भन्दै महामन्त्री थापाले यो तीन बर्षको अवधिलाई जनताको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खाँड, केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल, नैनसिंह महर, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायका नेताहरूले आ आफ्नो भनाइ राखेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation