
प्यूठान २९ माघ । माण्डवी गाउँपालिकाको १७ औं गाउँ सभा तथा हिउदे अधिवेशन सम्पन्न भएको छ। सोमबार माण्डवी गाउँपालिकाको सभाहलमा चालू आर्थिक बर्ष २०८१र०८२ को हाल सम्मको प्रगति विवरण, योजनाको रकमान्तर सहितको संशोधन सम्बन्धि निर्णय , गाउँकार्यपालिकाले हालसम्म गरेका सम्पुर्ण निर्णयहरु, आर्थिक वर्षको हालसम्मको सम्पूर्ण खर्च, आर्थिक वर्ष २०८१र०८२ मा गाउँकार्यपालिका बैठकले पारित गरेका नियमावली, कार्यविधि, निर्देशिका, मापदण्डहरु, गाउँपालिकाले करार सेवामा लिएका कर्मचारीहरुको नियुक्ति, आ।व। २०८१र०८२ को लागि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन भएका सम्पूर्ण योजनाहरुको अनुमोदन गर्दै हिउँदे अधिवेशन सम्पन्न भएको हो।
गाउँ सभामा योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धि प्रस्ताव गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले प्रस्तुत गर्नु भएको थियो भने चालू आर्थिक बर्ष ०८१र८२ को अर्धवार्षिक प्रगति विवरण प्रमुख प्रशासकिय अधिकृत भिमकान्त भण्डारीले प्रस्तुत गर्नु भएको थियो। बेरुजु सम्परिक्षण सम्बन्धि प्रस्ताव सार्वजनिक लेखा समितिका संयोजक दुर्गा प्रसाद आचार्यले प्रस्तुत गर्नु भएको थियो । सभाले गाउँपालिकाको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी बनेको ऐन २०७७ लाई संशोधन गरेको छ । संशोधन सम्बन्धी विधेयक वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक धनेन्द्र कार्कीले प्रस्तुत गर्नुभएको थियो । सभामा न्यायिक समितिका सदस्य बालिका नेपालीले न्यायिक समितिको अर्धवार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
पेश भएका प्रस्तावहरुमा आफ्ना भनाईहरु राख्न गाउँ सभाका सदस्यहरुलाई ३ मिनेटको समय उपलब्ध गराएर सबैको सर्बसहमतिमा प्रस्ताव पारित गर्दै सभाध्यक्षले अधिवेशन अन्त्य भएको पत्र सुनाउनुभएको थियो ।