
रुपन्देही, २७ माघ। रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर २ अवस्थित खड्वा बनगाई खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको प्रथम सा-धारण सभा तथा प्रथम अधिवेशन कार्यक्रम आइतबार एक समारोहबीच संस्थाको प्राङ्गणमा सम्पन्न संस्थाका अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा र रुपन्देही जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चापागाईंको प्रमुख आतिथ्यतामा भएको प्रथम साधारणसभामा वाषिर्क गरिएको गतिविधिमा आम्दानी खर्चको विवरण साधारणसभाले पारित गरेको थियो।उक्त प्रथम अधिवेशनमा कार्यकारी समिति र लेखा समितिको निर्वाचन प्रक्रिया अन्तंगत कार्यकारी समितिको अध्यक्ष पदमा २ जनाको उम्मेद्वारी पर्न आएको र अन्य पदहरुमा एकल उम्मेद्वारी परेकोले एकल उम्मेद्वारीको परिणाम घोषणा गरी बाकी रहेको कार्यकारी समितिको अध्यक्ष पदमा निर्वाचनका लागि समय अभावका कारण मतदान कार्य मिति फागुन ४ गते आईतबार ११ बजे देखि २ बजेसम्म गरिने संस्थाका व्यवस्थापक सीता काफ्ले शर्माले जानकारी दिनुभयो।सो अधिवेशनले उपाध्यक्षमा केशवराज पौडेल,सचिवमा हुमबहादुर क्षेत्री,कोषाध्यक्षमा बुद्धि बहादर खत्री,सदस्य हरुमा सुजाता शमां पौडेल, त्रिविक्रम ज्ञवाली,पदम प्रसाद ढकाल,रामचन्द्र दंगोरिया थारु,भीम पराजुली क्षेत्री,विष्णु कुमारी खत्री,धन कुमारी थारु,मिरादेवी थारु,कला कुमारी थापा सर्वसम्मत चयन हुनुभएको छ।भने लेखा समितिमा संयोजक शालिकराम शर्मा,सदस्यमा ख्याम बहादुर गोदार,कृष्ण मरासिनी सर्वसम्मत चयन हुनुभएको छ।

Enter