नेपाल रेडक्रस सोसाइटी रुपन्देहीमा नयाँ नेतृत्व

  • बुटवल, २७ माघ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा सिद्धार्थनगर ४९ औं जिल्ला सभाको अधिवेशन भैहवामा सम्पन्न भएको छ । अधिवेशनले आगामी दुईवर्षे कार्यकालका लागि रामचन्द्र उपाध्यायको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
    उपसभापतिमा सुशील गुरुङ्ग,महिला उपसभापतिमा रुपमाकुमारी हिराचन, मन्त्रीमा टेकबहादुर थापा क्षेत्री, कोषाध्यक्षमा अर्जुनराज उपाध्याय, उप–मन्त्रीमा दिनेश पन्थी र उप–कोषाध्यक्षमा अलताफ हुसेन खाँ निर्वाचित भएका छन् । त्यस्तै महिला सदस्यमा सावित्री सोमरे थापा मगर, हिमा बेलबासे, महेन्द्र कुमार श्रेष्ठ, बेन बहादुर पौडेल क्षेत्री, संजीब शर्मा रेग्मी, कृष्ण प्रसाद भुसाल, सुहा बहादुर नेपाली, राकेश गुरुङ्ग र केशव कुमार उपाध्याय निर्वाचित भएको निर्वाचन अधिकारी अनुप कुमार श्रेष्ठले जानकारी दिए ।

    नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षता, सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शन नेपालको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री रामचन्द्र उपाध्याय, कोषाध्यक्ष सुशील गुरुङ्ग, लेखा समिति संयोजक कुल प्रसाद लामिछानेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation