याडिया ब्राण्डको इलेक्ट्रिक स्कुटरहरु जगत ई मोटर्स प्रालि भैरहवामा

  • बुटवल ,२४ माघ। जगत ई मोटर्स प्रालिले विश्वकै सबैभन्दा ठूलो मध्येको एक इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी याडियाका ब्राण्डको इलेक्ट्रिक स्कटुरहरु भैरहवामा ल्याएको छ । केही महिना अघिदेखि संचालनमा आएको शोरुममा कम्पनीले बुधवार याडिया ब्राण्डको इपोक मोडेल स्कुटर सार्वजनिक गरेको छ ।
    प्रालिले भैरहवामा याडिया ब्राण्डको इपोकसहित याडिया एम सिक्स, याडिया ईएटएस प्रो, याडिया जी सिक्स र याडिया जी फाइभ गरी पाँच वटा मोडेलमा स्कटुरको विक्री वितरण सुरु गरेको छ । स्कुटरको मूल्य १ लाख ७५ हजार देखि ३ लाख ५० हजार रुपैयाँसम्म रहेको छ ।
    बुधवार सार्वजनिक गरिएको याडियाको इपोक एक पटकको फुल चार्जमा एक सय पचास किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ ।
    ‘विश्व बजारमा याडिया लोकप्रिय ब्राण्ड बन्न सफल भएको छ । दुई पाङग्रे पेट्रोलियम सवारी साधनको तुलनामा याडियाको इलेक्ट्रिक स्कुटर आजको दिनमा उत्तम विकल्प बनेको छ’, याडियाको आधिकारिक विक्रेता जगत ई मोटर्स प्रालिका प्रबन्ध निर्देशक रिश्चल थापाले भने,‘जसलाई सर्वसाधरणले पनि रोज्न थालेका छन् । एक पटकको फुल चार्जका लागि करिब २७ रुपैयाँको विद्युत खपत हुने स्कुटरमा १५० किलोमिटरसम्म सहजै यात्रा गर्न सकिन्छ ।’उनका अनुसार आकर्षक, स्टाइलिस, पावरफुल रहेको स्कुटरमा तीन हजार वाटको टिटीफार मोटरका साथै ७२ भोल्टर ३८ एचको ग्राफिन ब्याट्री प्रयोग गरिएको छ ।
    बजार ल्याइएको स्कटुरहरुको स्पेयर पार्टस पनि सस्तो रहेकोले ग्राहकलाई खर्चिलो नपर्ने उनको भनाई छ । बढ्दो प्रदुषणलाई थोरै भएपनि व्यापारकै माध्यमबाट कम गर्न सकिन्छ कि भन्ने उद्देश्यले पनि आफुहरुले विद्युतीय स्कटुर बजारमा ल्याएको उनले बताए । ‘सवारी साधनको प्रयोगमा आजको आवश्यकता विद्युतीय सवारी साधन नै हो’,प्रबन्ध निर्देशक थापाले भने,‘पैसा त बचत हुन्छ नै । वायुमण्डलको प्रदुषण घटाउनमा पनि टेवा पुग्छ ।’
    कम्पनीका अनुसार इपोकमा स्कुटरमा ३८० मिमि पेडल स्पेशका साथै ६३० एमएमको फराकिलो सिट र ३० लिटर स्टोरेज बक्स ९डिक्की० रहेको छ । त्यस्तै एप अनलक, उन्नत सुरक्षा र सहज कनेक्टिभिटी प्रविधि जडान गरिएको छ । अगाडी पछाडीको चक्कामा डिस्क ब्रेकहरु रहेका छन् भने असमान अफ रोडमा पनि स्थिर र सहज यात्रा सुनिश्चित गर्ने कम्पनीको दावी छ । प्रति घण्टा ६० किलोमिटरको गतिमा गुडाउन सकिने स्कटुरले १५० एकटर्क उत्सर्जन गर्ने हुँदा सहरी र उकालो यात्रामा पनि सहज र पिक पावर क्षमताको रहेको कम्पनीले जनाएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation