
बुटवल, १८ माघ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–४, आदर्शनगरस्थित शिशु ज्ञानकुन्जले १३ औं अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन अध्यक्ष चन्दा रावलको अध्यक्षता एवं बुटवल उपमहानगरपालिकाका वडा न ४ का अध्यक्ष नरिश्वर शमाको प्रमुख आतिथ्यतामा भएको थियो ।
शिशु ज्ञानकुञ्ज मन्टेश्वरी स्कुलको १३ औ अभिभावक दिवस तथा वार्षिकोत्सवको शुक्रबार उद्घाटन गर्दै शर्माले शिशु ज्ञानकुञ्जले सबै बालबालिकको भविष्यमा ज्ञानको भण्डारभर्न सफल होस् भन्ने शुभकामना ब्यक्त गरे । बालबालिकाको भविष्य निर्धारणको मुख्य आधार मन्टेश्वरी भएको बताए ।
कार्यक्रमका विशिष्ठ अतिथि सैनिक आवसिय महाविधालयका बुटवलका प्रमुख सेनानी योगेन्द्र बिक्रम केसीले मन्टेश्वरी शिक्षाले बालबालिकामा आत्मविश्वास, आत्मसम्मान, स्वनिर्भरता, आत्मानुशासन, जिम्मेवारीबोध, सहयोगी भावना, धैर्य, इमान्दारी, आदरभावजस्ता आत्मिक आकार निर्धारण गर्न मद्दत गर्ने बताए । यतै कार्यक्रमा सैनीक आवसिय महाविधालयका बुटवलका सेनानी नरेश अर्यालले मन्टेश्वरीहरुले पछिल्लो समय उत्कृष्ट काम गरेको बताउदै शिशु ज्ञानकुञ्जले शिक्षाको क्षेत्रमा गरेको योगदानको प्रशंशा ब्यक्त गरे । । दिप बोडिङ्ग माध्यमिक विद्मालयका प्राचार्य टिकाराम न्यौपानेले घोकन्ते र परम्परागत शिक्षण पद्धतिको सट्टा मन्टेश्वरीमा आधुनिक, प्रविधियुक्त र बालमनोविज्ञानलाई मध्यनजर गरी बालबालिकाहरुलाई सिकाइ क्षमता विकास मा शिशुज्ञानकुञ्ज अब्बल रहेकोमा प्रशंशा गरेका थिए ।
शिशु ज्ञानकुञ्जका प्रधानाध्यापक रिता शर्माले हाल बिद्यालयमा आफ्ना बालबालिकालाई अध्ययनका लागि बिद्यालय पठाएर शैक्षिक क्षेत्रमा सेवा गर्ने अवसर दिएको भन्दै सम्पुर्ण अभिभावकलाई हार्दिक धन्यवाद ब्यक्त गरिन ।
तेस्तै कार्यक्रममा बिद्यालयका सदस्य डाक्टर नारायण पन्थ, समाजसेवि सविता निरौला,मानसिक स्वास्थ परामर्शदाता-सृष्टि खरेल
,पत्रकार महासघं रुपन्देही उपाध्यक्ष अस्मीना पाण्डे बोलेका थिए । बालबालिहरुले अतिरिक्त क्रियाकलाप अन्र्तगत सामुहिक नृत्य प्रस्तुत गरेका थिए । यस्तै नाटक पनि देखाइएको थियो । कार्यक्रम सेयर सदस्य तथा शिक्षक तुलसी थापाको संचालनमा सम्पन्न भएको थियो ।