
बुटवल, १५ माघ । विश्व प्रसीद्ध मोवाईल ब्रान्ड रियल मि को दशैं तिहारको अवसरमा आयोजना गरिएको योजना बाट रुपन्देहीको सुर्यपुरामा रहेका जगदम्बा मोबाईलका सञ्चालक उमेश गुप्ताले स्कुटर जितेका छन् ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालमा रियल मी मोबाईलको आधिकारिक विक्रेता जगदम्बा मोवाईल प्रालि र लुम्बिनी अञ्चलका आधिकारिक विक्रेता न्यु बाबाभैरव ईन्टरप्राईजले गुप्तालाई टिभि एस कम्पनीको १२५ सीसीको एनटोक स्कुटर प्रदान गरेका हुन । कार्यक्रममा जगदम्बा मोवाईल प्रालि एरिया सेल्स म्यानेजर दान बहादुर थापा, न्यु बाबाभैरव ईन्टरप्राईजेजका सञ्चालक तथा नेपाल मोवाईल वितरक संघ लुम्बिनीका अध्यक्ष हरी पोखरेल केसी र बुटवल मोबाईल संघका अध्यक्ष शिवदेव अर्यालले उक्त पुरस्कार प्रदान गरेका हुन ।
