
भैरहवा १४ माघ । यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । सोमबार एक कार्यक्रमको विच यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा आवासिय चिकित्सक डा.भिज्ञा कोइरालाले मानसिक स्वास्थ्यको महत्व र चुनौतीका सम्बन्धमा प्रस्तुत गरिकि थिइन थियो भने डा.अनमोल बन्धु कार्कीले यु.सि.यम.यस.मा ‘नशा तथा मानसिक रोग विभागको स्थापना संक्षिप्त इतिहास तथा भावि योजनाको बारेमा जानकारी दिएका थिए ।
यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवामा ‘नशा तथा मानसिक रोग विभाग’ को स्थापना २५ जनवरी २००१ मा भएको थियो । गत आर्थिक वर्षमा यस विभागले ओपिडी सेवा मार्फत करिब ३३ हजार ६ सय ४५ जना विरामीहरुको उपचार गरेको थियो, जसमा ४२ प्रतिशत पुरुष र ५८ प्रतिशत महिला रहेका थिए। यसैगरी सोही अवधिमा करिब १,हजार ९७ जना विरामी अस्पतालमा भर्ना भई उपचार गरिएको थियो, जसमा अधिकांश विरामीहरु २१ देखि ३० वर्ष उमेर समुहका रहेका थिए। विभागले यस वर्षदेखि सञ्चालनमा ल्याएको अत्याधुनिक ई.सि.टी. सेवा र आई.क्यु परिक्षण सेवाका बारेमा प्रमुख प्रा.डा.सन्दिप सुवेदीले जानकारी दिए । विभागले आगामी दिनमा बालबालिका तथा व्यष्कहरुको मानसिक स्वास्थ्य, छारे रोग, लागु औषध कुलत तथा पुर्नस्थापना इत्यादि सम्बन्धमा अझ विशिष्ट परामर्श तथा उपचारका लागि ‘विशिष्ट क्लिनिक’ सञ्चालनमा ल्याउने बताएका थिए ।
उक्त कार्यक्रममा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.ले यस विभागको प्रगति सन्तोषजनक रहेको र भोलिका दिनमा यसको विकाश र विस्तारमा अस्पतालले अझ बढि लगानी गर्ने बताए। तेस्तै कार्यक्रममा सह–प्राचार्य प्रा.डा.हेमन्त हलुवाई, मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा.साधन मुखी, डा.सन्जिव शाह, डा.श्रेया पौडेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन डा.कञ्चन गिरी तथा डा.मोहम्मद नसिम अकरम मिकरानीले संयुक्त रुपमा गरेका थिए ।