१०० दिने विशेष राष्ट्रिय अभियान ” तथा प्रदेश सम्मेलन-२०८१ सम्पन्न

  • रुपन्देही,१४ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा नेपाली कांग्रेस १०० दिने विशेष राष्ट्रिय अभियान तथा प्रदेश सम्मेलन कार्यक्रम सोमबार शुद्धोधन ४ रिद्धीसिद्धी पार्टी प्यालेसको सभा हलमा एक समारोहबीच सम्पन्न भएको छ। नेपाली कांग्रेस क्षेत्र नः३ ख सभापति घनश्याम चालिसेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पुर्व गृहमन्त्री बालकृष्ण खाँडको प्रमुख आतिथ्यतामा र नेपाली कांग्रेस केन्द्रीय सदस्य रुपन्देही जिल्ला केन्द्रीय प्रतिनिधि डा,जीवन रानाको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बालकृष्ण खाँडले यस अभियानले पार्टीलाई थप मजबुत बनाउने विश्वास ब्यक्त गर्दै नेपाली कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताउदै देशमा शान्ति सुरक्षा अमनचयन कायम गर्दै जनताको हितको लागि कांग्रेसले ठुलो बलिदान सहित योग्दान गरेको नेपाली जनताले भुल्न नसक्ने शुद्धोधनको सम्रग विकासका लागि नेपाली कांग्रेसका जनप्रतिनिधि अहोरात्र खटिएको बताउँदै जिल्ला र प्रदेशमा जनतालाई हाम्रो सरकार छ। भन्ने अनुभुती हुने खालको काम गर्नुपर्नेमा जोड दिनुभयो।नेपाली कांग्रेस केन्द्रीय सदस्यस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिन, विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण, कार्यतालिका निर्माणलगायतका कार्य समयमै गर्न गराउन, अभिलेखिकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन आग्रह गर्नुभयो।

    नेपाली कांग्रेस पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल,नेपाली कांग्रेस जिल्ला उपसभापति तथा सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे,नेपाली कांग्रेस माहा समिति सदस्य तथा शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्याल,नेपाली कांग्रेस माहा समिति सदस्य विमल ढकाल, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य हरिधोज मल्ल,नेपाली कांग्रेस माहा समिति सदस्य पुष्पा चौधरी ,नेपाली कांग्रेस क्षेत्रीय सभापति सुनील गुरुङ,नेपाली कांग्रेस सियारी गाउँपालिका सभापति गोपाल पाण्डे,नेपाली शुद्धोधन ५ का सभापति तथा वडा अध्यक्ष चन्द्रभान चौधरी लगायतले कार्यक्रममा आ-आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।उक्त कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ख का कोषाध्यक्ष मनोहर प्रसाद राज भण्डारीले आय,व्याय, विवरण प्रस्तुत गर्नुभयो।सो कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का उपसभापति बेदानीधी रिजालको स्वागतमा र नेपाली कांग्रेस प्रदेश ख का सचिव उमाकान्त चापागाईंको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation