गुल्मीको भार्सेमा होमस्टे तालिम प्रदान

  • बुटवल,१४ माघ । गुल्मीको सत्यवती गाउँपालिका वडा न ८,  भार्सेमा होमस्टे सम्बन्धी आधारभूत सीपको विकास गर्ने मूल उदेश्यले होमस्टे ब्यवस्थापन तालिमको सुरुवात गरिएको छ ।
    लुम्बिनी प्रदेश सरकार, उद्योग पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन डिभिजन कार्याललय  रुपन्देहीको आयोजनामा भार्सेमा पर्यटकहरुको आगमनलाई वृद्धि गर्ने, पर्यटकहरुको सेवा सुबिधालाई थप सहज बनाउने उद्देश्यले आइतबार ७ दिने होमस्टे ब्यवस्थापन तालिमको सुरुवात गरिएको हो ।
    सत्यवती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले तालिम फलादायी हुनेमा आफु विश्वस्त भएको बताएका थिए ।  ८ न. वडा अध्यक्ष होम बहादुर रानाले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरी गाउँमा अतिथि सत्कार गरी ग्रामणि अर्थतन्त्रमा विशेष योगदान दिन सकिने बताएका थिए ।
    सत्यवती गाउँकार्यपालिका सदस्य कमला पचभैया काउचा, वडा सदस्य रिता रम्तेल, वडा सचीव विद्या भण्डारी, प्रशिक्षकहरु रमणी डुम्रे, सुरज बास्तोला, मनिषा श्रेष्ठ, थाप्ले क्लबका अध्यक्ष नरु बुढाथोकी लगायतको तालिम समुद्घाटन कार्यक्रममा उपस्थिति रहेको थियो ।
    कार्यक्रममा  पर्यटन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख नेत्र प्रसाद भुसाल ले  तालिममा सैध्दान्तिक भन्दा पनि व्यवहारिक पक्षमा बढी जोड दिने बताएका थिए ।
    कार्यालयले सार्वजनिक सूचना मार्फत इच्छुक व्यक्तिलाई तालिमका सहभागिताका लागि आवेदन माग गरे बमोजिम पहिलो कार्यक्रम भार्सेमा सञ्चालन गरिएको र यस पछि थप दुई जिल्लामा पनि यस्तै तालिम आयोजना हुने तालिम संयोजक एवम् पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनक राज खनालले जानकारी  दिए ।
    भार्सेको आवश्यकतालाई मध्यनजर गर्दै नरु बुढाथोकी तथा जनकराज खनालको पहलमा भार्सेमा तालिम सुरुवात गरिएको हो ।कार्यक्रममा सहभागीहरुको तर्फबाट लालकृष्ण रानाले तथा प्रशिक्षकहरुको तर्फबाट सुरज बास्तोलाले तालिमको विषयबस्तुका बारेमा आफ्ना मन्तव्य राखेका थिए ।  २० जनाको सहभागीता रहेको कार्यक्रम माघ १९ गते समापन हुनेछ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation