रवि लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश

  • भैरहवा १३ माघ । सुप्रिम सहकारी बुटवलको ठगी आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
    बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई न्यायाधीश प्रल्हाद कुमार योगीको इजलाशले उनलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको हो ।
    थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेपनि अदालतले १ करोड धरौटी लिएर छाड्न आदेश गरेको हो । लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गर्दै बाहिर बसेर मुद्दा लड्न पाउनु पर्ने माग गरेका थिए । जिल्ला अदालत रुपन्देहीका तहसिलदार कुमार खतिवडाका अनुसार अदालतले लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation