लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि ले मानव सेवाआश्रमलाई २ करोड बढि सहयोग गर्ने

  • बुटवल , ११ माघ। मानवसेवा आश्रमकोरुपन्देही शाखा स्तरोन्नति र अक्षयकोष वृद्धीका लागि तिलोत्तमामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा लायन्स इन्टरनेसनल डिष्ट्रिक ३२५ पी नेपालको तर्फबाट २ कराेड ७ लाख बढि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएकाे छ ।
    लायन्स ईन्टरनेशनलकाे हङ्गर रिलिफ प्रोग्राम अन्तर्गत किचन डाइनिङ प्रोजेक्टका लागि १ लाख ५० हजार डलर अर्थात नेपाली रुपियाँ २ करोड ७ लाख रकम सहयोग दिने प्रतिबद्धता भएको छ।
    लायन्स डिष्ट्रिक ३२५ पि का गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गन , फर्स्ट भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, सेकेन्ड भाइस डिष्ट्रिक गभर्नर सन्दीप कशौधनले प्रतिबद्धता व्यक्त गरेका हुन् । लायन्स ले मानव सेवा आश्रम लाई दुई नम्बर क्षेत्र र ७ क्षेत्र पाेखरमा याे किचन डायनिङ प्रोजेक्ट सुरु भैसकेको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation