बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरुका लागि न्यानो कपडा

  • रुपन्देही १० माघ । रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडीको प्राङ्गणमा बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरुका लागि न्यानो कपडा, पोषण आहार तथा सरसफाई सामाग्री वितरण कार्यक्रम बिहीबार एक समारोहबीच सम्पन्न भएको छ।सुस्तमनःस्थिती बाल बिद्या मन्दिर बुटवलको आयोजनामा र शुद्धोदन गाउँपालिका कार्यपालिका मानपकडीको आर्थिक सहयोगमा भएको कार्यक्रममा सुस्तमनःस्थिती बाल बिद्या मन्दिर बुटवलका कोषाध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको न्यानो कपडा, पोषण आहार तथा सरसफाई सामाग्री वितरण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि बस्यालले सुस्तमनःस्थिती बाल बिद्या मन्दिर बुटवलले शुद्धोदन गाउँपालिकामा रहेका बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरुको हेरचाह गरेकोमा धन्यवाद दिदै ।पालिकामा रहेका बोद्धिक अपाङ्गता बालबालिका र बयस्कहरुको सहारा वन्न यस शुद्धोदन गाउँपालिकाले अगामी दिनहरूमा बोद्धिक अपाङ्गता भएका बालबालिका हरुलाई खेलमैदान र भवनको लागि पहल गर्ने प्रतिबद्धता गर्नुभयो ।

    सो कार्यक्रममा ३६ जना बोद्धिक अपाङ्गता भएका बालबालिका तथा बयस्कहरु लाई ब्लाङ्गकेट, ट्रयाक सुट,चना,डाबरच्यवनप्राश ,साबुन, कोलगेट,ब्रस लगायत वितरण गरिएको सुस्तमनःस्थिती बाल बिद्या मन्दिर बुटवल सचिव पितामवर खरेलले बताउनुभयो ।उक्त कार्यक्रममा शुद्धोदन गाउँपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा नम्बर दुईका वडा अध्यक्ष कमल खड्का क्षेत्री, शुद्धोदन चारका वडा अध्यक्ष तथा पालिका प्रव्क्ता केशव प्रसाद अधिकारी, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।सुस्तमनःस्थिती बाल बिद्या मन्दिर बुटवलका सचिवले कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो।सुस्तमनःस्थिती बाल बिद्या मन्दिर बुटवलका प्रधानाध्यापक मिना भुसालको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation