
भैरहवा, १० माघ । ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवस–२०८१ को अवसरमा भैरहवा भन्सार कार्यालय बेलहिया, र नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीले बिहीबार एक कार्यक्रमकाबीच सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिका–१ बेनीपुरस्थित मदरसा ईस्लामिया का।अ।सु। फैजुल ओ।मा अध्ययनरत १८२ जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरका अध्यक्ष मधु प्रसाद पन्थीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई केही न केही भए पनि सहयोग पग्ने र समयसमयमा विद्यालयहरुलाई सहयोग गर्नेपर्ने बताए ।
त्यस्तै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राम प्रसाद रेग्मीले सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यालय नजिकै सीमा क्षेत्रमा रहेको विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको बताए । उनले विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगरको सहकार्यमा कार्यक्रम गरिएको बताए ।
रोहिणी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष आविद अली पठानले आफू विगत ८ वर्षदेखि मदरसा व्यवस्थापन समितिको अध्यक्ष समेत रहेको र यो मदरसामा पहिलोपटक भन्सार कार्यालयबाट सहयोग प्राप्त भएकोमा ‘यस्ता कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिन आग्रह समेत गरेका थिए ।’