प्रधानमन्त्री केपीओली भोली रुपन्देही आउने, सिद्धबाबा सुरुङको ब्रेक थ्रु, बुटवल–गोरुसींगे सडक शिलन्यास हुँदै

  • बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली सुक्रवार बुटवल आउने भएका छन्। यस क्षेत्रमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुन ओली रुपन्देही आउन लागेका हुन्।

    नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली सुक्रवार पाल्पा जिल्लाका ३ वटा कार्यक्रम र रुपन्देही जिल्लाका १ वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए।

    प्रधानमन्त्री ओलीले सुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली गाउपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ भने। त्यहाबाट हेलिकप्टर मार्फत बिहान १२ : १५ बजे बुटवलको बुटवल मण्डप स्थीत अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आईपुग्ने छन्।

    प्रधानमन्त्री ओलीले पाल्पाको तिनाउ गाउपालिकाको दोभानमा नव निर्मित तिनाउ गाउपालिकाको प्रशासकीय भवन समुद्घाटन गर्ने कार्यक्रम तय भएकोले उनी बुटवलबाट दोभान जाने तिनाउ गाउपालिकाका प्रमुख प्रेम श्रेष्ठले बताए।

    ओलीले तिनाउ गाउपालिकाको भवन उद्घाटन गरेपछि त्यहा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने र सिद्धार्थ राजमार्गको सिद्धवावामा निर्मित सूरुङ मार्गको ब्रेकथ्रु कार्यक्रममा बिशेष सहभागिता जनाउने छन्।

    एक हजार १२६ मिटर लामो सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजार रूपैयाँको लागतमा सूरु गरेको काम ०८३ सालमा सम्पन्न हुने छ।

    २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्ने काम सुरू गरेको थियो। आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन्। भने मुख्य सुरूङ सुक्रवार प्रधानमन्त्रीको उपस्थीतीमा ब्रेक थ्रु हुने छ।

    सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङ मार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लाहरूमा आवतजावत सहज र सुरक्षित हुने अपेक्षा छ।

    सुरूङमार्गको बे्रेक थ्रु उत्सव लगत्तै प्रधानमन्त्री ओली बुटवल गोरुसिंगे सडक सिलान्यास गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

    बुटवल गोरुसिंगे सडक आयोजना प्रमुख ईन्जिनियर कुशलता न्यौपानेका अनुसार दिउसो २ बजे प्रधामन्त्री बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा आयोजित सडक स्तरोन्नती सिलान्यास कार्यक्रममा सहभागी हुनेछन्।

    सडक विभागले दुई चरणमा गरेर बुटवलदेखि गोरूसिंगेसम्म ५० किलोमिटर र गोरूसिंगेबाट चन्द्रौटासम्म १९ किलोमिटर सडक बनाउँदैछ। पहिलो चरणमा बन्न लागेको बुटवल–गोरूसिंगे खण्डको प्रधानमन्त्री ओलीले सिलान्यास गर्न लागेका हुन्।

    बुटवलदेखि रूपन्देही र कपिलवस्तुको सीमा क्षेत्र कोठी नदीसम्मको २५ किलोमिटर र कोठीदेखि गोरूसिंगेसम्म २५ किलोमिटरलाई दुई भागमा विभाजन गरी गत असार १३ गते सडक निर्माण ठेक्का सम्झौता भएको थियो। चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले ठेक्का सम्झौता गरेको यो सडक स्तरोन्नती गर्दा सञ्चालनमा रहेको यातायात सेवा अवरुद्ध नहुनेगरी निर्माण गरीने आयोजना प्रमुख कुशलता न्यौपानेले बताईन्।

    हामीले यो सडक निर्माणमा हाल सञ्चालन रहेको यातायात सेवा अवरुद्ध हुन नदिने र यात्रुहरुलाई सास्ती नहुने गरी सबै उपायहरु अवलम्वन गर्ने छौं बुटवल नारायणगढ सडक निर्माणमा खेप्नु परेको सास्ती र आलोचना दुवैबाट मुक्त हुनेगरी काम अगाडी बढाउने छौं उनले भनिन्।

    आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनीले गत कात्तिक ४ गते सडक विभागसँग सडक स्तरोन्नतीका लागि कार्यादेश लिएको कम्पनीले ल्याब, क्रसर र कंक्रिट बनाउने ठाउँ बनाइ सकेको छ।

    आयोजना प्रमुख न्यौपानेका अनुसार निर्माण कम्पनी एउटै भए पनि दुई भागमा विभाजन गरी अलग अलग ठेक्का भएकाले काम पनि दुई तर्फबाट एकैपटक सुरू हुनेछ। पचास किलोमिटर सडक अन्तर्गत सालझण्डी–पिपरा र वनगाई–गोरूसिंगेसम्म करिब २० किलोमिटर जंगल क्षेत्र छ। यो खण्डमा सर्भिस लेनबिना २४ मिटर चौडाइको चार लेन सडक बन्नेछ।

    पूर्व–पश्चिम राजमार्ग खण्ड भएकाले बजार तथा बस्ती क्षेत्र पर्ने ३० किलोमिटरमा भने दुवैतर्फ सर्भिस लेन सहितको ६ लेन सडक बन्ने न्यौपानेले जानकारी दिइन्। सहर उन्मुख क्षेत्रमा सर्भिस लेनसहित ३७ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडा हुनेछ। ठूला चोकमा अन्डर पास र ओभर पास हुनेछ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation