हप्ताको तीन दिन रामग्रामदेखि लुम्बिनीसम्म निःशुल्क बस सेवा

  • बुटवल, ९ माघ । भगवान गौतम बुद्धको अस्टधातु रहेको पश्चिम नवलपरासीको रामग्राम स्तुपदेखि लुम्बिनीसम्म बस सेवा संचालनमा आएको। लुम्बिनी सर्किट क्षेत्रलाई यातायातले जोड्ने कार्यक्रम अन्तर्गत लुम्बिनीदेखि रामग्राम स्तुपसम्म बस सेवा संचालनमा ल्याइएको हो । अब हप्ताको तीन दिन रामग्रामदेखि लुम्बिनीसम्म निःशुल्क रुपमा बस सेवा संचालन हुने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । लुम्बिनी हुँदै भैरहवा एयरपोर्ट, परासी भएर रामग्राम स्तुपसम्म सेवा संचालन हुने छ। निःशुल्क रुपमा बस सेवा संचालनमा आएपछि लुम्बिनी आएका पर्यटक रामग्राम आउन र रामग्रामका पर्यटक लुम्बिनी जानका लागि सहज हुने आशा गरिएको छ । यसअघि पनि २०७९ असोज १३ मा यो बस सेवा संचालनमा आए पनि केही दिनमै बन्द भएको थियो
    अहिले धम्मयात्रा लेखेर परीक्षणका रुपमा बस संचालनमा ल्याइएको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत १३ करोड लागतमा लुम्बिनी विकास कोषलाई विद्युतीय बस प्राप्त भएको थियो । तर, अनुदान प्राप्त भएको ६ वर्ष हुन लाग्दासमेत यसको व्यवस्थित र दीर्घकालीन प्रयोग भने हुन सकेको थिएन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation