
रुपन्देही, ५ माघ । रुपन्देहीको शुद्धोधन गाउँपालिकाको संयुक्त आयोजनामा शुद्धोधन गापा वडा नम्बर ३ अवस्थित आधारभुत स्वास्थ सेवा केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार एक समारोहबीच सम्पन्न भएको छ।शुद्धोधन गाउँपालिका र नेपाल नियमित रक्तदाता संघ जिल्ला शाखा रुपन्देहीको संयूक्त आयोजनामा सो कार्यक्रममा शुद्धोधन ३ का वडा अध्यक्ष हेम खड्काको अध्यक्षतामा र शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले रक्तदातालाई ब्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमकाे उदघाटन गर्दै हरेक स्वस्थ युवाले नियमित रक्तदान गर्नुपर्नेमा जाेड दिदै रक्तदान जस्तो पवित्र दान जीवनमा अरु केही हुन नसक्ने भएकाले यस्तो कार्यमा सदैब लागिपर्न आग्रह समेत गर्नुभएको थियाे ।

