
काठमाडौँ ४ माघ पछिल्लो समय भैतिक पूर्वाधार निर्माणका लागि अत्यावश्यक सिमेन्टको मूल्य बढेको बढ्यै छ । खास कारण नभए पनि ६ महिनामा मूल्य दोब्बर पुगेको तथ्यांकले देखाउँछ । साउनमा सिमेन्टको मूल्य प्रतिबोरा ४ सय रुपैयाँ थियो । त्यसको ६ महिनापछि भाउ दोब्बर पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलले जनाए । यति बेला एक बोरा सिमेन्टको मूल्य ८ सय १५ रुपैयाँसम्म छ ।
सिमेन्टको मूल्यमा मनपरी भएको छ, उद्योगीले मूल्य निर्धारण गर्छन् । उनीहरूले चुनढुंगा, लोडसेडिङ, ढुवानी खर्चलगायतलाई मूल्यवृद्धिको कारण देखाउने गरेका छन् । हिउँद सकिँदा–नसकिँदै बोराकै १ हजार रुपैयाँ पुर्याउने खेल भइराखेको छ,’ पौडेलले भने, ‘यसले आम सर्वसाधारणलाई समस्यामा पारेको छ ।’