स्थानीय तहका ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार कार्यपालिकालाई

  • काठमाडौँ,३ माघ । सरकारले स्थानीय तहको ‘कार्यवाहक प्रमुख’ छनोटको अधिकार दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । ऐनको दफा ११६ मा संशोधन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो ।
    यसअघि ऐनले कुनै पनि स्थानीय तहमा प्रमुख र उपप्रमुख एकैपटक रिक्त हुनसक्ने अवस्थाको परिकल्पना नै गरेको थिएन । त्यसैले दुवैजना रिक्त भएको अवस्थामा कसले नेतृत्व गर्छ भन्ने व्यवस्था थिएन ।
    संशोधन ऐनले यदि स्थानीय तहको प्रमुख वा उपप्रमुख रिक्त भएको अवस्थामा कार्यपालिका सदस्यहरूले आफू मध्येबाट तोकेको जोकोही व्यक्तिले कार्यवाहक अध्यक्ष भई काम गर्नसक्ने व्यवस्था गरिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation