माघीमा देवघाट स्नान गर्ने तीर्थालुको घुइँचो

  • देवघाट १ माघ। हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने श्रदालु भक्तजनको ठूलो घुइँचो लागेको छ ।
    माघे सङ्‍क्रान्तिको अवसरमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तिरिने धार्मिक विश्वास छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिका लागि देवघाट मेलामा आउने भक्तजनको भनाई रहेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा स्नान गर्ने तीर्थालुको ठूलो भीड लागेको छ ।
    मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation