विजनेश प्लान च्यालेन्ज को उपाधी क्षितिज इन्टरनेशनल कलेजलाई

  • बुटवल १ माघ । बुटवलको रहेको क्षितिज इन्टरनेशनल कलेज विद्यार्थी कल्याण परिषद र क्षितिज इन्टरनेशनलको आयोजनामा विजनेश प्लान च्यालेन्ज
    (सिजन ३) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितमा रूपन्देही जिल्ला अन्तर्गत रहेका स्नातक तहका १३ वटा कलेज सहभागी भएका थिए । सो प्रतियोगितामा क्षितिज इन्टरनेशनल कलेज प्रथम भएको छ । क्षितिजले नगद ४० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै प्रतियोगितामा द्वितिय तिलोत्तमा क्याम्पस र तृतीय सिद्धार्थ इन्टरनेशनल कलेज भयो । उनीहरुले क्रमशः नगद २५ हजार र १५ हजार रुपिँयासहित कप, मेडल र प्रमाणपत्र पाएका थिए ।
    कार्यक्रमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भूमिश्वर ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री ढकालले पछिल्लो समय युवाहरु विदेशी क्रम बढीरहेको र यसलाई कसरी रोक्न सकिन्छ भन्ने बहस चलिरहेकोमा कलेजले आयोजना गरेको कार्यक्रमले स्वदेशमै उद्यम गर्नेहरुलाई सहयोग पुराउने बताए ।
    मन्त्री ढकालले नेपालमै धेरै सम्भावना रहेको बताउँदै त्यसलाई कसरी प्रयोग गर्ने भन्ने महत्वपूर्ण भएकाले प्रदेश सरकार सम्भावनालाई कसरी सहिरुपमा प्रयोग गर्न सकिन्न भन्ने तर्फ नै केन्द्रित रहेको बताए ।
    क्षितिज इन्टरनेशनल कजेलका अध्यक्ष रामेश्वर श्रेष्ठले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिनको लागि विजनेश प्लान च्यालेन्जको आयोजना गरेको बताए । कजेलका प्रिन्सिपल डा।सूर्य रानाले यस अघि २०१९ / २०२२ मा विजनेश प्लान च्यालेन्जको पहिलो र दोस्रो संस्करण गरेको बताउँदै धेरै नै प्रभावकारी भएकोले यसलाई आफुहरुले निरन्तरता दिने समेत बताए । कार्यक्रममा क्षतिज इन्टरनेशलन कजेलका सल्लाहाकार ज्ञानेन्द्र कसजु, निर्मलप्रसाद लाकौल, न्लोकनाथ उपाध्याय, होराइजन गौतमबुद्ध स्कुलका प्रिन्सिपल गोपाल आचार्य, बुटवल मोडन कजेलका प्रिन्सिपल डा। नेत्र बस्याल लगायतको सहभागिता रहेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation