
बुटवल, २९ पुस । लायन्स क्लवका जन्मदाता मेल्वीन जोन्सको १४६ औ जन्मजयन्तीको अवसरमा बुटवलमा लायन्य डिष्ट्रिक ३२५ पी अन्र्तगतका एरिया ३ र ४ सयोजनमा विविध कार्यक्रम गरी मनाएका छन् । बुटवलमा आयोजना गरिएको कार्यक्रममा जन्मजयन्तीको अवसरमा ¥याली सहित विविध कार्यक्रम गरिएको हो । बुटवलको ट्राफिक चौक बाट सुरुवात भएको ¥याली अमरपथ, हस्पीटल लाईन हुँदै ईट्टाभट्टी एशियन होटलमा गएर समापन गरिएको थियो । उक्त ¥यालीमा डिष्ट्रक गर्भनर टिमसहित एरिया ३ र ४ अन्र्तगतका विभिन्न क्लवका अध्यक्ष तथा सदस्य, प्रतिनिधि सहित अन्य सार्वसाधारणहरुको समेत सहभागीता रहेको थियो ।
¥याली पश्चात आयोजना गरिएको कार्यक्रममा बोल्दै लायन्य इन्टरनेशनल डिष्ट्रिक ३२५ पीका गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्गले क्लवहरुले गरेको काम समाजिक क्षेत्रमा उदाहारणीय भएको बताएका थिए । उनले सबैको साथ र सहयोगबाट नै सामाजिक क्षेत्रमा रहेका क्लवहरुले सकारात्मक उर्जा सहितको कार्यक्रम गर्न सफल भएकोमा धन्यावाद समेत व्यक्त गरेका थिए । कार्यक्रममा फष्ट भिडिजी बालाराम भट्टराई,सेकेन्ड भिडीजी सन्दीप कसौधन,एमडिएमसि पिडीजी अरुणप्रताप राणा, पिएमसिसि शुनिल वझा, पिडीजी नवराज न्यौपाने, डिष्ट्रिक सचिव माधव खनाल,डिष्ट्रिक कोषाध्यक्ष प्रकास श्रेष्ठ, डिष्ट्रिक फाइनेसिय एडभाइजर दिनेश श्रेष्ठ, डिष्ट्रिक जिएटि अर्चित श्रेष्ठ,जिएसटि आशिस कृष्ण श्रेष्ठ,लगायतले आ आफ्नो भनाई राखेका थिए । एरिया ३ का एरियाचिफ शान्ती पाठक पाण्डे, एरिया ४ का एरिया चिफ दिपक प्रसाद श्रेष्ठले कार्यक्रम आयोजना गर्नुको उदेश्यको बारेमा प्रकाश पारेका थिए ।
सो कार्यक्रममा सप्ताहब्यापी मेल्विन जोन्स अभियानमा सबैभन्दा बढि सामाजिक क्षेत्रमा योगदान दिने एरिया ३ बाट रिजन चेयरपर्सन सुरेन्द्र भारी, कृष्ण प्रसाद पाण्डे जोन चेयपर्सन अन्जील खान,शान्ति सेन्चुरी,महेश न्यौपाने,राम बेलबासे,रविन्द्र कक्षपति, नविन श्रेष्ठ लाई अवार्ड सहित सम्मान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रममा सबैभन्दा बढि सामाजिक कार्य गर्ने एरिया ४ बाट लायन्स क्लव अफ बुटवल सयपत्री र लायन्स क्लब बुटवल हट्स एरिया ३ बाट लायन्स क्लब बुटवल स्टार्स र लायन्स क्लब अफ बुटवल तिलोत्तमा स्टार्सलाई अवार्ड सहित सम्मान गरिएको थियो । उत्कृष्ठ पोशाक प्रर्दशन लायन्स क्लब अफ मायादेवि पायको छ । एरिया ३ अन्र्तरगतका क्लबहरुले मेल्वीन जोन्स जन्मजयन्तीमा सप्ताह १ सय ३० वटा सामाजीक सेवा कार्य गरिएको एरिया चिफ शान्ति पाठक पाण्डेले बताइन । ¥यालीमा विभिन्न विधामा उत्कृष्ठ हुने क्लवलाई समेत सम्मान गरिएको थियो । जसमा सबैभन्दा बढि सदस्य सहभागी, अनुशासन लगायतका विधामा उत्कृष्ठ क्लवलाई सम्मान गरिएको हो ।