कर्मचारीहरूको क्षमता विकास तालिम

  • बुटवल,२८ पुस । मर्चवारी गाउँपालिकाको आयोजना र पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा कर्मचारीहरूको क्षमता विकास तालिम अन्तर्गत तनाव व्यवस्थापन, नेतृत्व विकास सार्वजनिक खरिद प्रक्रिया र जीवन उत्प्रेरणा विषयक ३ दिवसीय तालिम लुम्बिनीमा भएको छ ।मर्चवारी गाउँपालिकाको आयोजना र पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा तालिम सञ्चालन भएको थियो । मर्चवारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रमख प्रशासकीय अधिकृत सहित ३५ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमको सहजीकरण तनाव व्यवस्थापनका विज्ञ एवं अन्तर्राष्ट्रिय प्रशिक्षक डाक्टर विजयराज सिग्देल, राष्ट्रिय प्रशिक्षक एवं मोटिभेटर ऋषिराम न्यौपाने,बटवल उपमहानगर पालिकाका अधिकृत दामोदर ज्ञवाली, उत्प्रेरक एवं पिपल्स केयर कन्सल्टेन्सीका द्वय संचालक माधव सापकोटा र सरस्वती आचार्य गरेका थिए । तालिम गत २६ गते समद्घाटन गरिएको थियो । मर्चवारी गाउँपालिकाका

    अध्यक्ष गया प्रसाद बरईले ब्यानर पढे र तालिमको उद्घाटन गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष आशा सिंह, प्रमख प्रशासकीय अधिकृत झविलाल भट्टराई लगायतले आ–आफ्नो भनाई राखेका थिए । सेवा प्रवाहका समयमा कार्यालयको तनाव घरमा जाने र घरको तनाव कार्यालयमा समेत जाने भएकाले वै यक्तिक तनाव व्यवस्थापनमा आगामी दिनमा तालिमले पूर्णतया व्यवस्थापन गर्न सिकाएको तालिमका प्रशिक्षार्थीहरूको प्रतिक्रिया दिएका थिए । तालिम अत्यन्तै उत्प्रेरणामूलक रहेको र आवधिक रूपमा यस प्रकारका तालिमहरू सञ्चालन गर्दा त्यसले सेवा प्रवाहलाई अत्यन्तै व्यवथित बनाउँदै कर्मचारीहरूको कार्यसम्पादनमा तीव्रता ल्याउने एवं सेवाग्राहीहरूको समस्यालाई कानुनसहित समाधान गर्ने कार्यमा तालिमले आफूहरूलाई महत्वपूर्ण शिक्षा प्रदान गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation