शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर सम्पन्न

  • रुपन्देहीको शुद्धोधन गाउँपालिकामा शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविर शुद्धोधन गाउँपालिका मानपकडी, रुपन्देही तथा विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापन केन्द्र (HRDC) बनेपा,काभ्रेपलाञ्चोकसंगको संयुक्त आयोजनामा र शुद्धोधन अपाङ्ग संघको समन्वयमा १८ बर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकाको लागि शारीरिक स्वास्थ्य परिक्षण तथा सहायक सामाग्री नापजाँच पुनर्स्थापन घुम्ति शिविर मानपकडी स्वास्थ्य चौकीको प्राङ्गणमा सम्पन्न भएको छ। मानपकडी स्वास्थ्य चौकीका सञ्चालक समितिका अध्यक्ष तथा वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको अध्यक्षतामा र शुद्धोधन गाउँपालिकाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बस्यालले शुद्धोधन १ बेलवाका मनोज कोहारलाई ह्वीलचियर हस्तान्तरण गरेर उद्घाटन गर्नुभएको थियो।

    उक्त शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको थियो।घुम्ति शिविरमा शुद्धोधन गाउँपालिका विभिन्न वडाका ५५ जनाले सेवा लिएका थिए।शारीरिक अपांगता परिक्षण घुम्ती शिविरमा सेवा लिने बालबालिकाकाे संख्या ५३जना बयस्क २ जना गरि ५५जनाले सेवा लिनु भएकागरी। फिजियाेथेरापी सेवा ४७ जनाले लिनु भएकाे छ। भने जस मध्ये अर्थाेपेडिक साहायक सामाग्री बिशेष जुत्ता,ह्विवलचियर, स्प्रीन्ट ६ जनालाई वितरण गरिएको छ ।भने साहायक सामाग्री नापजाँच २१जनाको भएकाे छ।भने १० जना बालबालिका लाई शल्यक्रियाका गर्ने मिति तोकिएको छ। भने २जनालाई डाक्टर परामर्शकाे लागी समय तोकिएको अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (HRDC) शुद्धोधनकी रुविना विकले जानकारी दिनुभयो।अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र(HRDC) का प्रतिनिधि एवम् लुम्बिनी प्रदेश संयोजक लेखनाथ आचार्यको कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गर्नुभएको थियो।भने शुद्धोधन महिला विकास बालबालिका ज्येष्ठ नागरिक शाखा प्रमुख लक्ष्मी खत्रीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation