भरतपुरमा खुला कौराहा नृत्य प्रतियोगिता हुँदै

  • चितवन, २४ पुस । नेपाल मगर संघको भ्रातृ संगठन नेपाल मगर सांस्कृतिक संघ, चितवन शाखाले माघे संक्रान्तिको अवसर पारेर भरतपुरमा यही पुस २७ गते खुला कौराहा नृत्य प्रतियोगिता आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।
    पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष प्रेमकुमारी आलेमगरले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडिटोरियम हलमा पुस २७ गते प्रतियोगिता हुन गइरहेको बताइन् ।

    प्रतियोगितामा लोकदोहोरी गायक अमर विरही गुरुङ, गायिका रञ्जिता थापामगर र गायक बलविक्रम थापामगर विशेष आकर्षण रहने छन् । प्रतियोगितामा प्रथम हुने समूहले ३५ हजार, दोस्रो हुने समूहले २० हजार, तेस्रो हुने समूहले १० हजार र चौथो हुने समूहले पाँच हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    प्रतियोगितामा सहभागी हुनका लागि पाँच हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । २०७९ सालमा पहिलोपटक आयोजना गरिएको कौराहा नृत्य प्रतियोगितामा सात वटा समूह सहभागी रहेको र यस वर्ष १० वटा समूह सहभागी हुने अपेक्षा गरिएको छ । ‘चितवनका आठ वटा समूहले नाम दर्ता गराइसकेका छन्’ अध्यक्ष आलेमगरले भनिन्, ‘तनहुँ र नवलपुरबाट समेत समूह सहभागी हुने जानकारी गराइन ।’

    कार्यक्रमा नेपाल मगर संघ चितवनका अध्यक्ष लालबहादुर थापामगर को प्रमुख अतिथि रहेको थियो । प्रमुख अतिथि लालबहादुर थापाले कौराहा नृत्य चारदेखि १० जनासम्मले समूहमा नाच्ने जानकारी दिँदै प्रतियोगिताको सफलताको कामना गरे । ।त्यतै सांस्कृतिक संघ चितवनका सचिव प्रकाश थापामगरले कार्यक्रम संचालन गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation