लुम्बिनी प्रादेशिक अस्पतालमा थिएटर थप भएपछि पित्तथैलीको अपरेशनमा विशेष जोड

  • बुटवल, २३ पुस । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अपरेशन थिएटर थप भएसँगै पित्तथैलीको अपरेशनलाई विशेष जोड दिइएको छ । विशेष गरी पित्तथैलीमा पत्थरीका कारण लेजर अपरेशनका लागि लामो समयसम्म पालो कुरेर बस्ने बिरामीको संख्या बढी भएकाले यसलाई घटाउन प्राथमिकता दिइएको अस्पतालका सर्जन विभाग प्रमुख डा। भुवन पौडेलले जानकारी दिए ।
    सर्जन विभाग प्रमुख पौडेलले विशेष गरी पित्तथैलीको अपरेशन तथा नाक, कान, घाँटीको शल्यक्रिया ९अपरेशन० गर्नुपर्ने बिरामीको संख्या धेरै भएकाले यसलाई कम गर्न दुवै सेवातर्फ सातामा ३र३ दिन समय थप गरिएको बताए । थिएटर थप भएसँगै अपरेशन दर पनि बढाउने तयारीका साथ काम भइरहेको बताउँदै उनले अस्पताल प्रशासन तथा अस्पताल विकास समितिसँग सोही अनुसार सल्लाह र समन्वय भइरहेको जानकारी दिए ।

    अस्पतालमा सर्जन विभागमा प्रस्तुती सेवातर्फबाहेक पाँचजना सर्जन डाक्टर रहेको बताउँदै उनले थप एक जना सर्जन डाक्टर माग गरिरहेको उल्लेख गरे । ‘हामीसँग अहिले पाँचजना मात्रै सर्जन डाक्टरहरु हुनुहुन्छ, थप एक जना व्यवस्था गर्न मैले माग गरेको छु ।’–पौडेलले भने, ‘सीमित डाक्टरले ओपिडी सेवा तथा सर्जिकलमा समेत हेर्नुपर्ने भएकाले धेरै लोड दिएर उहाँहरुलाई काम गराउन पनि सकिएको छैन ।’
    अस्पतालमा थिएटर थप भएसँगै सातामा ४ वटा पित्तथैलीको अपरेशन हुने गरेकोमा अहिले उक्त संख्या बढेर ६ वटासम्म पुगेको उल्लेख गरे । विशेष गरी सामाजिक सेवा कार्यक्रम, स्वास्थ्य बीमा कार्यक्रम लगायतले सेवाग्राहीको संख्या बढेको उनले बताए । पित्तथैलीमा स्टोन देखिने समस्या अहिले सामान्य जस्तै भएको छ ।

    भिडियो एक्स–रे मा देखियो भने विरामीहरुले अपरेशन गर्नु नपर्ने वा तत्कालै अपरेशन गर्नुनपर्ने भए पनि तत्कालै रेजर अपरेशन गर्नुपर्यो भनेर भन्ने चलन छ ।’–डा। पौडेलले भने, ‘यसरी बिरामीको चाप बढ्दा हामीले दिनमा गर्न सक्ने भनेको २ देखि ३ वटा मात्रै अपरेशन हो, त्यो पनि केस हेरेर हुन्छ कतिपय अपरेशन ३र४ घण्टा लामो पनि हुन सक्छ । यसले गर्दा सेवाग्राहीलाई पालोमा राख्नुपर्ने अवस्था छ ।’ अस्पतालमा हाल प्लाष्टिक सर्जरी, ब्रेष्ट सर्जरी लयातका सर्जन डाक्टरहरु समेत थप भएर आएकाले सेवा विस्तारमा सहज भएको उल्लेख गरे।

    विगत ३ वर्षको तथ्यांक अनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा। इन्द्र ढकालले जानकारी दिए । अस्पतालमा पछिल्लो आर्थिक वर्ष २०८०÷८१ मा ९ हजार ७ सय ६५ वटा शल्यक्रिया सेवा लिएका थिए । जसमध्ये ४ हजार ५ सय ४७ वटा शल्यक्रिया प्रसूती सेवातर्फको रहेको उनले बताए । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये ७ हजार ५ सय ४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९ सय ७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्यांकमा उल्लेख छ ।

    महिनौ पालो कुर्नुपर्ने बजार हल्ला, यथार्थता र बाध्यता फरक भएको बताउँदै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले बिरामीको चाप, उपलब्ध जनशक्ति, उपकरण लगायत प्राविधिक पक्षलाई नजरअन्दाज गर्न नहुने गुनासो गर्छन् । हाल अस्पतालमा शल्यक्रिया कक्षलाई विस्तार गरेसँगै जनरल सर्जरीतर्फ महिनौं पालो कुर्नुपर्ने समस्या उल्लेख्य रुपमा समाधान हुने अस्पतालको दावी छ । अपरेशन थिएटर विस्तारसँगै विगतमा सातामा २ दिन हुन पाउने हाडजोर्नी सम्बन्धी शल्यक्रिया अब सातामा ३ दिन हुनेछ भने सोही अनुसार जनरल सर्जरी तथा नाक, कान, घाँटी सम्बन्धि शल्यक्रियाका लागि पनि सातामा तीन दिन पालो आउनेछ ।
    अस्पतालमा जनशक्ति व्यवस्थापन, उपकरण तथा प्रविधिको व्यवस्थापन लगायत विषयमा आफू गम्भिर रहेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए । हरेक विभागका प्रमुखहरुसँग त्यहाँको अवस्था, समस्या र समाधानको विषयमा निरन्तर छलफल भइरहेको बताउँदै उनले प्रदेश सकारसँग आवश्यक बजेट तथा योजनाका लागि समन्वय गर्ने कामलाई आफूले जोड दिएको उल्लेख गरे । बुटवललाई स्वास्थ्यको हब बनाउन लुम्बिनी प्रादेशिक अस्पतालले सबैभन्दा पहिला जनताको मत जित्न खाँचो रहेको बताउँदै उनले सोही अनुसार आफूहरु अघि बढेको बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation