मजुवामा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशुको शव फेला

  • बुटवल २३ पुस । बुटवल उपमहानगरपालिका–११ मा जलेर मृत्यु भएको अवस्थामा नवजात शिशु फेला परेको छ । मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा जलेर मृत्यु भएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
    मृत अवस्थामा फेला परेकी मृत नवजात शिशु महिना पुगेर जन्माएर फालेको प्रहरीले अनुमान गरेको छ ।
    डिएसपी का अनुसार फोहोरको डम्पिङ्ग साइटमा शिशु जलेको अवस्थामा रहेको स्थानीयले खबर गरेपछि प्रहरी पुगेर शव बरामद गरेको थियो । मृत शिशुलाई अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation