एसियन थाईफूड र बुटवलको एडमण्ड सिटि अस्पताल विच उपचारमा सम्झौता

  • बुटवल  पुस ।- एसियन थाई फूड प्रोडक्स र बुटवलको एडमण्ड सिटी अस्पताल बिच उपचारमा सहकार्य गर्नेगरी सम्झौता गरिएको छ । एसियन थाईफूड प्रोडक्समा कार्यरत कर्मचारीले उक्त अस्पतालबाट लिने सेवामा छुट पाउने गरी सहकार्य भएको हो ।
    उक्त सम्झौतामा मंगलबार एक कार्यक्रमका बिच अस्पतालका अध्यक्ष प्रकाश राना र एसियन थाई फूड प्रोडक्सका सेल्स म्यानेजर दीपक बास्तोलाले दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरे । यो सम्झौतासंगै एसियन थाईफूडमा कार्यरत झण्डै १ हजार कर्मचारीले सहज रुपमा उपचारमा छुट सुविधा लिने सेल्स म्यानेजर बास्तोलाले बताए ।

    अस्पतालका अध्यक्ष रानाले ट्रमा र न्यूरोलाई आधार बनाएर सञ्चालन गरिएको अस्पतालमा विभिन्न संघसंस्थासंग सहकार्य गर्ने अस्पतालको नीति अनुसार नै एसियन थाईफूड प्रोडक्ससंग सहकार्य गरिएको बताउँदै सम्झौतासंगै ओपिडि टिकट, ल्याव, बेड, लगायतमा छुट प्रदान गरिने जानकारी गराए । सम्झौता अनुसार एसियन थाईफूडका पदाधिकारी, सदस्य र कर्मचारीलाई ओपिडि टिकटमा ५० प्रतिशत, होलबडी चेकअपमा ५० प्रतिशत, बेड चार्जमा २० प्रतिशत, प्रयोगशालामा २० प्रतिशत रेडियोग्राफीमा २० प्रतिशत र अप्रेशन चार्जमा १५ प्रतिशत छुट प्रदान गर्ने बताए  ।  अस्पतालले भारत सरकारसँग सहकार्य गरेर ३० हजार भूपू संनिकहरुको उपचारमा छुट उपलब्ध गराउँदै आएको छ ।

    कोरोना महामारीको बेला स्थापना भएको अस्पतालले सुविधासम्पन्न बन्दै गएको छ । अस्पतालमा काठमाडौं बाहिर न्यूरो सर्जरीको लागि राम्रो उपचार सेवा भित्र्याएको छ । ५० शैयाबाट सेवा सुरु गरेको अस्पताल सय बेड क्षमताको आफ्नै भवन र दक्ष चिकित्सकबाट सेवा प्रदान गर्दै आइरहेको अस्पताले जनाएको छ । थाई फूडले नेपालको चाउचाउ र स्न्याक्स उत्पादको बजार विश्वभरिका विभिन्न देशमा समेत पु¥याइरहेको छ । कम्पनीले टुपिएम, रमपम र प्रीतिलगायतका लोकप्रिय ब्रान्ड उत्पादन गर्दै आएको बास्तोलाले बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 Khabar Khata All right reserved Site By : Himal Creation