
बुटवल, २१ पुस । कर्मचारी मिलन केन्द्र रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । बुटवलमा सम्पन्न अधिवेशनले कर्मचारी मिलन केन्द्रको अध्यक्षमा आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवा का मञ्जु कुमारी जैसी ढकाल, सचिवमा रावस्व अनुसन्धान कार्यालय बुटवल का विवेक घिमिरे, कोषाध्यक्षमा प्रदेश प्रमुख कार्यालय बुटवल का युवराज पौडेल र सह–सचिवमा कृषि सामाग्री कम्पनी लिमिटेड भैरहवा का सुमन पन्थी निर्वाचित भएका छन् ।
त्यसै गरी सदस्यहरुमा यातायात ब्यवस्था र्काालय सवारी बुटवल का नविनकुमार घिमिरे, जिल्ला प्रशासन कार्यालय भैरहवा का विक्रम थापा, नेपाल बिधुत प्रधिकरण का खेम लम्साल, हेभि इक्वीपमेन्ट डिभिजन कार्यालय बुटवलका शिव कुमार पंगेनी, सडक डिभिजन बुटवलका विष्णु वेल्वासे, बुटवल उपमहानगरपालीका बुटवलका लेखनाथ पोखरेल, पर्यटन विकास परिसद बुटवलका सीता पोखरेल, सैनामैना नगरपालीका सैनामैनाका सुरज न्यौपाने, पर्यटन डिभिजन कार्यालय भैरहवाका नेत्र भुसाल र जिल्ला निर्वाचन कार्यालय भैरहवाका कल्पना अर्याल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको दुई वर्ष कोकार्यकाल रहनेछ ।