
भैरहवा २० पुस । श्री दुर्गा मन्दिर नयाँगाउँ रानीगाउँ समाजको ११औ बार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सिद्धार्थनगर वडा नं १, पक्लिहवामा सम्पन्न भएको छ । समाजका अध्यक्ष याम बहादुर थापाको अध्यक्षता एवम् सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय सदस्य युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले व्यक्तिको आवश्यक्तालाई परिवारले मात्र पुरा गर्न नसक्ने हुँदा समाजको निर्माण हुने र एउटा असल समाजले त्यहाँका बासिन्दाहरुलाई मात्र नभई पुरा राष्ट्रलाई नै टेवा पुर्याउने भएकोले शैक्षिक, आर्थिक, धार्मिक, सांस्कृतिक, सुशासनको विकाशमा सबैले योगदान दिनुपर्ने बताए ।
कार्यक्रममा समाजका पुर्व अध्यक्षहरु भुपु मेजर अर्जुन विक्रम शाह, खुशीमान गुरुङ्ग, लिल बहादुर थापा, स्व। तिलक गुरुङ्ग, स्व। धनलाल गुरुङ्ग, मुर्तिकार भुपु प्रहरी उपरिक्षक स्व।हर्ष ध्वज राई, समाजसेवी स्व।चन्द्र बहादुर गुरुङ्ग, स्व।सन्त कुमार गुरुङ्ग, चेत बहादुर गुरुङ्ग लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा पुर्व वडा अध्यक्ष रमेश मल्ल, समाजका सल्लाहकार केश बहादुर गुरुङ्ग, पुर्व अध्यक्ष खुशीमान गुरुङ्ग लगायतले आगामी दिनमा समाजले गर्नु पर्ने भुमिकाको बारेमाजानकारी दिए । साधारण सभामा सचिव नन्द बहादुर रानाले यस आर्थिक वर्षमा समाजले गरेका कार्यहरुको सम्बन्धमा वार्षिक प्रतिवेदन पेश गरेको थियो भने कोषाध्यक्ष जितेन्द्र गुरुङ्गले ७,९७,७२४ रुपियाँको आय–व्यय तथा कुल ३२ लाखको विभिन्न पुर्वाधार निर्माण सम्पन्न प्रतिवेदन पेश गर्नुभएको थियो । सोही कार्यक्रममा समाजको विकाशका लागि युवा समुहद्धारा देउँसी भैलो खेलेर बचत गरेको रकम १३०,००० रुपियाँ युवा नेतृत्व प्रिया गुरुङ्गले समाजका अध्यक्ष याम बहादुर थापालाई नगद हस्तान्तरण गरेका थिए । कार्यक्रम समाजका सचिव नन्द बहादुर रानाको सञ्चालन तथा उपाध्यक्ष कला गुरुङ्गको स्वागतमा सम्पन्न भएको थियो