
सेतिबेनि २० पुस । गुल्मी ,स्याङ्जा र पर्बत जिल्ला को संगम स्थल रहेको यस् पबित्र धार्मिक स्थल सेतिबेणि शिलासालिग्राम बिश्व कै एक प्रसिद्ध धार्मिक स्थलको रूपमा परिचित छ ।
यस धार्मिक स्थलमा शालिग्राम को साथ साथै चक्र देबि ,बसाह ,दुर्गा मन्दिर ,शिवालय मन्दिर र सिताराम मन्दिर पनि रहेको छ ।
यस धार्मिक स्थल मा विशेष गरि बैशाख शंक्रान्ती , एकादशी र माघे सक्रान्ती मा ठुलो मेला लाग्ने गर्दछ ।
पर्बत जिल्ला को उत्तरी भेगबाट बगेर आउने सेतीखोला र मुक्तिनाथ बाट आएको कालीगण्डकी यी दुई नदिको बेणि भएको हुनाले यस को नामाकरण सेतीबेणि गरिएको धार्मिक मान्यतामा रहेको छ ।

बिष्णुका रूपमा मानिने यो शिलासालिग्राम छुट्टै किसिमको महत्व रहेकोे पाइन्छ । विभिन्न ठाउँबाट आस्था बोकेर यहाँ आउने भक्तजन हरुले आफुले पुजा आराधना गरे पछि आफ्नो मनले चिताएको पुग्ने कुरा यहाँ आउने भक्तजनहरु बताउँछन । बर्सात को समयमा यस काली गण्डकी नदिको जलस्तर अत्यन्तै बढे पनि शिलासालिग्राम कहिल्यै नढुब्ने बिश्वास पनि छ ।
पुजारिका अनुसार शालिग्राममा पौराणिक कथा अनुसार दिनमा शालिग्राम मा शंख बजेको आवाज र गाईको आवाज आउने धार्मिक आस्था ले पनि भक्तजनहरु शिलासालिग्राम को परिक्रमा गरि पबित्र गङ्गा जल स्नान गरि फर्कने गद्र्छन ।
यस धार्मिक स्थल का कारण सेतीबेणि बजार ब्यापारीक दृस्टीकोणले अत्यन्त रमणीय बनेको छ । नेपाल एउटा कला धर्म र सस्कृतीले भरिपुर्ण देश मानिन्छ त्यसैले पनि चारै तिर अग्ला अग्ला पहाड ले घेरिएको ठाउँ छेउ बाट कालीगण्डकी नदि मन्द गतिमा बगेको आवाज हाम्रो कानमा गुन्जिरहेको हुन्छ भने अर्कोतिर शिलासालिग्राम को दर्शन गर्दा छुट्टै खालको मन मा आनन्द आउने कुरा भक्तजनहरुको भनाइ छ ।